यौन चर्चा

– प्रस्तुति– नविना राई
मैथुनद्वारा स्त्रीमा पनि स्खलन हुन्छ वा हुँदैन ?!
स्खलनको विषयमा विद्वानहरूमा ठूलो मतभेद छ । वात्स्यायनको भनाई अनुसार पुरुषभन्दा स्त्रीमा आठ गुणा बढी ‘काम शक्ति” हुन्छ । तिनको योनीमा एक प्रकारको चिलाउने (खुजली) हुन्छ । शीश्नको घर्षणले तिनको चिलाउने हराउँछ र वासनाको पनि तृप्ती हुन्छ । अर्का विद्वानको भनाई अनुसार स्त्रीहरूलाई मैथुनिक सुख दुई किसिमले प्राप्त हुन्छ । क) क्लीटोरिस घोटिएर (ख) आभ्यन्तरिक योनीमा लिङ्गको घर्षण । कतिपय स्त्रीहरू दुवैमा यौटै क्रियाले पनि पूर्ण मैथुनिक तृप्ति प्राप्त गर्न सक्दछन् । जाती बानी लागेका स्त्रीहरू यही क्रियाद्वारा तृप्ति लाभ गर्दछन् । कसैको भनाई अनुसार स्त्रीलाई पूर्ण उत्तेजित पार्नका लागि दुवै क्रियाको आवश्यक पर्दछ । यो त भयो पूर्ण तृप्तिको कुरा अब स्त्री पनि पुरुष झैं स्खलित हुन्छन् वा हुँदैनन् भन्ने कुरामा अनेक मतभेद छ । प्रायः स्त्रीहरू पुरुषको स्खलन भएको अनुभव र सुख थाहा पाउँछन् तर अनेक स्त्रीको भनाई छ– वीर्य स्खलन भएर योनीमा उम्लन थालेपछि स्त्रीको पूर्ण मैथुन आरम्भ हुन्छ, तर यो कुरा निराधार जस्तो लाग्दछ । कारण प्रक्रियाले अनभिज्ञ वा मैथुुनिक शक्ति थोरै हुने पुरुष चाँडै नै स्खलित हुन्छन्, त्यसपछि पनि स्त्रीको स्खलनको विषयका विज्ञान कुनै पक्का निर्णयमा पुग्न सकेको छैन । किनकि प्रत्येक नारीको स्वभाव एकनासे हुुँदैन । एकमतले पूर्ण तृप्ति भएपछि स्त्रीको पनि पुरुषझैं अवश्य केही स्खलन हुन्छ । अर्को मतले स्त्रीको शुक्रकिट हुन्छ र त्यसैले स्खलन हुन्छ भन्ने पनि छ । फेरि शुक्रकिट नभए गर्भ धारण कसरी हुन्छ ? जसरी पुरुषको संसर्गले स्त्री गर्भवती हुन्छन्, त्यसैगरी स्त्रीकै संसर्गले पनि स्त्रीले गर्भ धारण गर्दछन् । तर त्यो गर्भ मांसपिण्ड मात्र हुन्छ, त्यसमा हाड हुँदैन । स्त्रीको केही स्खलन भए पनि प्रजननमा त्यसको केही सम्बन्ध छैन भन्ने पनि विद्वानहरुको भनाई छ । अनेक नारीसँग सोधपुछ गर्दा केही वस्तु स्खलित हुन्छ भन्ने कुरा स्वीकार गर्दछन्, तर कतिपय नारीहरू किटेर भन्न चाहन्नन् ।
यौन आनन्दको फरक तरिका
बेलायती ग्लामर मोडेल तथा टेलिभिजन स्टार इमोजेन थोमस आङ्खनो सेक्सी छवीका कारण विश्वचर्चित छिन् । पछिल्लो समय ब्वायफ्रेन्ड एडम हर्सलेको साथ पाएपछि त उनको चमक अझै बढेको छ । इमोजेनले अहिले ब्वाइफ्रेन्डसँग थाइल्याण्डमा बिदा मनाइरहेकी छिन् ।
थाइल्याण्ड बसाइलाई सकेसम्म बढी रोमान्टिक तथा स्मरणीय बनाउने प्रयासमा उनी छिन् । त्यसैले इमोजेन एडमसँग निकै कामुक हाउभाउमा बिकिनीमा सजिएर सामुद्रिक किनारामा प्रकट भइन् । खैरो हरियो बिकिनीमा लोर्के ठिटोसँग मस्किरहेकी तरुनी इमोजेनले कहिले एडमसँग पानी छेप्दै रमाइलो गरिरहेकी छिन् त कहिले उनको बुइ चढेर मज्जा लुटिरहेकी छिज् । अनलाइन खबरले उनीहरूका तस्बिरहरु पनि सार्वजनिक गरेको छ ।
पाठेघरबारे चर्चा
महिलाको पाठेघर र यौनाङ्गमा हुने क्यान्सरको पहिचान र उपचार पद्दतिका बारेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको दुई दिने स्त्री क्यान्सर सम्मेलनमा छलफल भएको छ । सम्मेलनमा नेपाल, भारत, अष्टूेलिया र बेलायतका गरी १ सय २५ जना स्त्री क्यान्सर विशेषज्ञहरु सहभागिता रहेको थियो । महिलाको पाठेघरमा हुने क्यान्सरको उपचारका लागि श्रोत साधन, जनशक्ति, शल्यक्रिया सेवा र रेडियो थेरापी पूर्वाञ्चलमा कतै पनि नभएकाले सरकारलाई दवाव दिंदै ध्यानाकर्षण गर्नका लागि उपत्यका बाहिर पहिलो पटक धरानमा सम्मेलन गरिएको थियो ।
तनाव घटाउन माया बढाउनुस्
लोरिटा स्टेट विश्वविद्यालयका अध्ययनकर्ताले घरमा राम्रो वातावरण रहँदा तनावग्रस्त व्यक्तिको एकाग्रतामा २५ प्रतिशतसम्म वृद्धि हुन सक्ने दावी गरेका छन् । यदि घरभित्र सम्बन्ध मधुर छ भने बाहिर राम्रो हुन्छ । जीवनसाथीको मीठो साथले आफ्नो सहकर्मीहरूसँग पनि सकारात्मक सम्बन्ध हुने सम्भावना ३३ प्रतिशत बढी हुने दावी छ ।
तनावले गर्दा कार्यालयमा गरिने काममा समेत असर पर्छ । समयमै यसको समाधान नहुँदा कार्यस्थलमा अझ तनाव बढ्छ । अध्ययनअनुसार कर्मचारी यदि घरको तनावले कार्यस्थलमा पुग्छ भने उसको मानसिक र शारीरिक स्वास्थ्यका लागि राम्रो हुँदैन । सबै तनावको एउटै ओखती मान्छेको ‘घर’ हो । घरमा आफन्तको माया र सहयोगले ठूलो अप्ठ्यारोसमेत सहज हुने अध्ययनको निष्कर्ष छ । अध्ययनअनुसार दम्पतीबीच आपसी सम्बन्ध राम्रो हुँदा तनावलाई घटाउन सघाउँछ । तनावग्रस्त भएर घर पुग्दा जीवनसाथीले कारण खोजेर माया दिँदा आफैं तनाव घट्ने खोजकर्ताको निष्कर्ष जीवनसाथीको समस्या थाहा नपाउँदै उसका अगाडि अन्य गन्थन भएमा तनाव झन् बढ्ने पनि खोजकर्ताहरूले जनाएका छन् ।
प्रतिक्रियाको लागि ः चबष्लबदष्लब२ष्खिभ।अयm

Post a Comment

0 Comments