भक्ति संगित संग्रह एक विवेचना



–प्रकाशमान श्रेष्ठ सक्व
उत्तरपट्टी शिवपुरी साँखु माईको थान, बीचमा परिन् शालिनदी यति कुरा जान ।
चन्द्रावती माईती थिईन्, फर्की आउँदा खेरी शालिनदी आईपुग्दा आयो आँधिबेरी ।
चन्द्रावती खसेर होला शालिनदी बगिनन् के गर्ने ?
१९९० सालको महाभुकम्पको एक महिनापछि यस धरतीमा पदार्पण गरेका तिलकबहादुर थापाले आफ्नो ७८ औँ वर्षको उमेरमा यौटा महत्वपूर्ण कार्य गरेर साँखु भेगका धर्मावलम्बी तथा भजनकिर्तन पे्रमीहरुलाई भक्ति संगित संग्रहको उपहार दिन सफल हुनुभएको छ ।
साँखु एक ऐतिहासिक स्थान भएको तथा यस भेगबाट कुनै न कुनै रुपमा साँखुको बज्रयोगिनी माईको स्थान, शालिनदीलाई चिनाउने व्यक्तित्वहरु यदाकदा जन्मिदा रहेछन् । नेवारी भाषाका महाकवि गिरिजाप्रसाद जोशी, कवि रमेशमान जोशीहरुले पनि आफ्नो आत्मबोलीलाई कविता, गीत, भजनको रुपमा समाजमा सबैको मनछुने कलियुगका गीत, जनताका गीत, भक्ति गीतहरु प्रस्तुत गरेका छन् । यसै भेगका इन्द्रायणी पासीखेलका मेजर लिलाबहादुर थापाले पनि आफ्नो जीवनकालमा दोस्रो विश्वयुद्धताका इजरायल सम्म पुगी लडाइँमा भाग लिएको घटना सहित समाजमा शोषकहरुको नांगेझार पार्ने गीतिसंग्रह प्रकाशित गरेका छन् ।
कवि होस् वा कलाकार साँखु भेगका प्रतिभाशाली व्यक्तिहरुमा बालककालदेखि नै आफ्नो प्रतिभा देखाउने जमर्को गर्दै समाजमा स्थापित भई आफ्नो प्रतिभाबाट साँखुलाई केही दिएर जानुभएका महाकवि गिरिजाप्रसाद जोशी, राजनीतिज्ञ जोगमेहेर श्रेष्ठ, फिल्मी निर्देशक एवं संगितकार विष्णु सक्वको नामलाई साँखु भेगका मानिसहरुले कहिल्यै बिर्सनेछैनन् ।
नेपाल सनातनदेखि नियमपालन गर्नुपर्ने देशको रुपमा चिनिँदै आएको तथा यस क्षेत्रमा जो पनि धार्मिक सहिष्णुतामा बिश्वास गर्ने तथा धर्म कर्मको माध्यमबाट देवी देवता स्थानको निर्माण गर्ने काम गर्दै आईरहेका छन् । साँखु क्षेत्रको शालिनदी पारी ईट्टाखेलमा केही वर्ष अगाडिदेखि मुक्तिनाथका भक्त कमल नयनाचार्यको अगुवाईमा पञ्चमहालक्ष्मी मन्दिर स्थापना तथा शालिग्राम मन्दिर स्थापना कार्य सम्पन्न भएका छन् । उहाँकै सत्संगतमा २०५७ सालदेखि पञ्चमहालक्ष्मी मन्दिर निर्माण कार्य तथा भजन किर्तन गाउने बजाउने कार्यमा संलग्न हुँदाहुँदै कृष्ण भजन किर्तनमा मन लगाउँदै दुई चार भजन गीत आफ्नै मनको भावमा उर्लिएकालाई अक्षरमा उतार्दै चौबिसवटा भक्ति गीत संग्रह गर्न सफल हुनु भएका थापाकाजीले विगतमा श्री हरिहरानन्द गुरुको सेवा गर्नुभएको थियो ।
वहाँ परोपकार संस्थाको आजीवन सदस्य हुनुहुन्छ । साँगा भंगाल देवी भागवत् नवाह कार्यक्रममा समेत सामेलभई नवाह अवधिभर भजन गाउनु भई प्रशंसापत्र पाउनुभएका थापाकाजीले करिब १५ पटक यस साँखु क्षेत्र वरपरका वृद्धवृद्धा तथा धर्मावलम्बीहरुलाई बद्रिनाथ तीर्थयात्राको व्यवस्थापन गरि चारधाम, काशी, जगन्नाथ पुरी, हरिहर क्षेत्र, प्रयाग, नौमिसारन्य क्षेत्र, अयोध्या, मथुरा, वृन्दावन, गोकुल लगायत बोधगया आदिको धार्मिक भ्रमण गराउनुभएको छ ।
यसरी धार्मिक स्थानको भ्रमण अनुभव तथा १८ पुराणको महत्वपूर्ण कथा श्रवण गरि सत्संगतबाट दिक्षित हुनुभएका तिलकबहादुर थापा केहि वर्ष अगाडि जीवन मृत्युको दोसाँधमा परेको घटनालाई समेत भक्ति संगित संग्रहमा समावेश गर्नुभएको छ । उहाँ धर्म र संस्कृतिमा ठूलो बिश्वास भएकोले आफू मृत्युको मुखबाट फर्केको कुरा बताउनुहुन्छ ।
भजनगरि बसेका थिए, शनिबारको दिन
पापीकाल आईसकेछ नवै बजे लिन ।
लाने तन्त्र बाँधेर कालले छेकि दिएछन् कृष्णको जालले ।
संसारका सम्पूर्ण प्राणीमाथि दया राखौँ भनि भजन मार्फत् दया गर पशुको छोरालाई भनि अहिंसा परमो धर्मको भावना फैलाएका छन् । भागवत्को भाव कति सम्म फैलिएका छन् भनि गोकर्णले आफ्नो दाजु धुन्धकारीलाई मुक्ति गरिदिएको पंसंग धुन्धली र गोकर्ण शिर्षकमा गीतिकथाको रुपमा लय मिलाएर भक्ति गीत प्रस्तुत गर्नुभएका तिलकबहादुर थापालाई तराईबाट केश काट्ने पेशा अपनाएर बसेका रामबली ठाकुरले कलममा साथ दिएका छन् ।
साँखु नजिकैको गाउँसुलीमा नयाँ कृति पञ्चमहालक्ष्मी मन्दिर स्थापना गर्न २०५७ कार्तिक २० गते श्रीवन नामाकरण गरी धान्ययज्ञ सुरु गरेदेखि त्यस क्षेत्रमा धार्मिक चहलपहल सुरु भएको थियो भने कोटी दीप प्रज्वलन, प्रवचन, भजन किर्तन समेतको सत्संगत सुरु भएको चर्चा स्वरुप तिलकबहादुर थापाले श्रीजी स्वामी कमल नयनाचार्यज्यूको पे्ररणाबाटै भक्ति संगित संग्रह पाठक सामू पेश गर्न सफल हुनु भएको कुरा समेत उहाँ बताउनुहुन्छ । जय श्रीकृष्ण ।

Post a Comment

0 Comments