साँखु÷काठमाडौँ क्षेत्र नं. २ का सभासद् दीपकप्रसाद कुइँकेलल आर्थिक रुपमा जबसम्म सक्षम हुँदैन तबसम्म र जबसम्म आम जनतामा चेतनाको स्तर विकास हुँदैन तबसम्म विषादीरहित वालीनालीको कल्पर्ना गर्न सकिँदैन भन्नुभएकोछ । उहाँले उक्त कुरा जिल्ला कृषि विकास कार्यालय चावहिलको आयोजनामा साँखुको नारायणचोकमा भएको विषादी प्रयोग मुक्त सप्ताह २०७२ अन्तर्गत प्रचारप्रसार अभियानको समापन कार्यक्रममा भन्नुभएको हो । उहाँले भन्नुभयो – जबसम्म आमरुपमा बालीनालीको उर्वराशक्ति बढ्ने वा घट्ने मात्रै ठूलो कुरो हैन र सरकारले विषादीरहित वालीनालीकोलागि आवश्यक अनुदान समेत उपलब्ध गर…
साँखु÷शंखरापुरर नगरपालिकाका सर्वदलीय प्रतिनिधी र कार्यकारी अधिकृतको निर्णयका कारण शंखरापुर नपा ८, ९, १० र ११ का पीडितहरुले जाडोको लुगाफाटा किन्न सरकारले दिने भनेको रु. १० हजार नपाउने भएको छ । सरकारले निर्देशिकामा दोहोरो पैसा नपाउने भनेको कारण नदिइने भन्दै नगरपालिकाले सूचना प्रकाशित गरेपछि साँखुबासी आक्रोसित भएका हुन् । यस सम्बन्धमा राप्रपाका सर्वदलीय प्रतिनिधी जनता श्रेष्ठ भन्छन्– नेपाल रेडक्रस सोसाईटी साँखुले रु ७ हजार दिएको भनि दावी गरिएतापनि त्यसको कुनै प्रमाण भूकम्प पीडित कार्डमा नखुलाइएको भएतापनि आफूखुशी नगरपालिकाका प्रतिनिधीहरुले निर्णय…
साँखु÷जनकजानकी सिद्धार्थ धर्मकर्म सेवा संघमा गत शनिवार भएको छैर्ठाँ महाधिवेशनले सिद्धिहर्ष बज्राचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा शंकर मल्ल ठकुरी, कोषाध्यक्षमा भुवनलाल श्रेष्ठ, सचिवमा केशव बहादुर खड्का, सह सचिवमा रामनाथ योगी रहेका छन् भने शिवमंगल श्रेष्ठ लगायतका १२ जना सदस्यहरु रहेका छन् । उक्त महाधिवेशनको निर्वाचन संयोजक सुरेन्द्र खड्का थिए । महाधिवेशनको प्रमुख अतिथिका रुपमा ज्येष्ठ नागरिक पदमबहादुर कार्कीलाई निम्त्याइएको थियो । सो अवसरमा उहाँले कवितात्मक सन्देश दिँदै विदेश गएर हैन स्वदेशमै ब…
साँखु÷गत पौष १६ गते बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निर्देशनमा साँखु ईलाका प्रशासन कार्यालय प्रमुख वंशीकुमार नेतृत्वको टोलीले साँखु बजारमा बजार अनुगमन गरेको छ । उक्त टोलीले साँखुको पुरुषोत्तम हार्डवेयर, सुरेन्द्र श्रेष्ठको किराना पसल, डि सेफ्स रेष्टुरेण्ट एण्ड रिसोर्ट, बज्रयोगिनी सुनचाँदी गहना पसल र नेपाल ग्याँसको स्थानीय विक्रेता दानबहादुर श्रेष्ठको पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा भेटिएका स–साना गल्तीको लागि सुधार्न भनेको छ भने दर्ता नै नभई चलाईरहेका पसलहरुलाई दर्ता प्रक्रियामा तत्काल आउन निर्देशन दिइएको थियो । उक्त अन…
साँखु÷गत शनिवार नव कान्तिभैरव बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा डाँछीको चलनटार निमावि प्राङ्गणमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं. २ का सभासद दीपकप्रसाद कुइँकेलले सहकारी आन्दोलन नेपाली काँगे्रसले सुरु गरेको जानकारी दिँदै पञ्चायतकालमा मल वितरण गर्नकै लागि मुलुकभर सरकार नियन्त्रित सहकारीहरु चलाइएका थिए तर ती सबै सहकारी संस्थाहरु धरासायी भए भन्दै नेपाली काँगे्रसले पुनः २०४६ सालपछि २०४८ मा सहकारी ऐन नियम ल्याएर सहकारी संस्थाको विकासमा टेवा पुग्ने गरी काम गरेपछि नै सहकारी आन्दोलनले गति लिएको बता…
साँखु÷श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको आयोजनामा माघ मेलाको तयारीकोलागि संघसंस्थाहरुको भेला सम्पन्न भएको छ । सो भेलाले सुरक्षा तथा अनुगमनको लागि महानगरिय प्रहरी प्रभाग साँखु, यातायात व्यवस्थापनको लागि साँखु बस व्यवसायी संघ, पूजा पाठ व्यवस्थापनको लागि साँखु बज्रयोगिनी माई माधवनारायण गुठी व्यवस्थापन समिति, स्वागतद्वार साँखु जेसीज, लुम्बिनी कलेज, स्वयंसेवक परिचालन नेपाल स्काउट, क्यान नेपाल, तलेजु महिला विकास समिति, शंखरापुर महिला विकास समिति, भिमसेन महिला समूह, सक्व भिन्तुना पुचः, स्वस्थानी गृह श्रमिक महिला समूह, वाईएमआरसी…
सामाजिक संजाल