माघ मेलाको लागि संघसंस्था भेला ...

साँखु÷श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको आयोजनामा माघ मेलाको तयारीकोलागि संघसंस्थाहरुको भेला सम्पन्न भएको छ । सो भेलाले सुरक्षा तथा अनुगमनको लागि महानगरिय प्रहरी प्रभाग साँखु, यातायात व्यवस्थापनको लागि साँखु बस व्यवसायी संघ, पूजा पाठ व्यवस्थापनको लागि साँखु बज्रयोगिनी माई माधवनारायण गुठी व्यवस्थापन समिति, स्वागतद्वार साँखु जेसीज, लुम्बिनी कलेज, स्वयंसेवक परिचालन नेपाल स्काउट, क्यान नेपाल, तलेजु महिला विकास समिति, शंखरापुर महिला विकास समिति, भिमसेन महिला समूह, सक्व भिन्तुना पुचः, स्वस्थानी गृह श्रमिक महिला समूह, वाईएमआरसीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सरसफाईको लागि शंखरापुर फोहोरमैला व्यवस्थापन समिति, प्रचार प्रसारको लागि लायन्स क्लब अफ साँखु, प्राथमिक उपचारको लागि नेपाल रेडक्रस सोसाईटी साँखु उपशाखा र लाइफ केयर हस्पिटल, नागरिक सहायता डेस्क सामुदायिक प्रहरी साँखु, चमेना गृह व्यवस्थापन सम्पूर्ण महिला समूहहरु, शालिनदी विशेषांक प्रकाशन राजकुमार श्रेष्ठ, महिला आवास व्यवस्थापनको लागि जनक नारायण श्रेष्ठ, खानेपानी व्यवस्थापनको लागि पब्लिक युथ क्याम्पस, लुम्बिनी कले एवं उत्साही महिला समूहलाई जिम्मेवारी दिइएको छ । उक्त भेलामा ४० वटा भन्दा बढी समूहहरुको उपस्थिती रहेको थियो । भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त साँखुमा यस वर्ष माघ मेला सञ्चालन गर्नु चुनौतीपूर्ण ठानिएको छ । सोही विषयलाई ध्यानमा राखेर समितिले विभिन्न प्रचारात्मक कार्य एवं व्यवस्थापनलाई चुस्त दूरुस्त बनाउन आफ्नै किसिमको पहल थालेको हो । गत वर्षहरुमा झैँ यस वर्ष पनि साँखुबासीको पूर्ण सहयोग हुने अपेक्षा समितिले गरेको छ । केही कमी कमजोरी भएमा सल्लाह सुझाव दिन समेत समितीले सर्वसाधारणमा अनुरोध गरेको छ । समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठका अनुसार यस वर्ष व्रतालुहरुको संख्या तीन सय ननाघ्ने अनुमान गरिएको छ ।

Post a Comment

0 Comments