साँखु÷शंखरापुरर नगरपालिकाका सर्वदलीय प्रतिनिधी र कार्यकारी अधिकृतको निर्णयका कारण शंखरापुर नपा ८, ९, १० र ११ का पीडितहरुले जाडोको लुगाफाटा किन्न सरकारले दिने भनेको रु. १० हजार नपाउने भएको छ । सरकारले निर्देशिकामा दोहोरो पैसा नपाउने भनेको कारण नदिइने भन्दै नगरपालिकाले सूचना प्रकाशित गरेपछि साँखुबासी आक्रोसित भएका हुन् ।
यस सम्बन्धमा राप्रपाका सर्वदलीय प्रतिनिधी जनता श्रेष्ठ भन्छन्– नेपाल रेडक्रस सोसाईटी साँखुले रु ७ हजार दिएको भनि दावी गरिएतापनि त्यसको कुनै प्रमाण भूकम्प पीडित कार्डमा नखुलाइएको भएतापनि आफूखुशी नगरपालिकाका प्रतिनिधीहरुले निर्णय गरि भूकम्प पीडितहरुलाई आहत तुल्याएको छ । यस्तो खाले गैरजिम्मेवारपूर्ण निर्णयको जति आलोचना र विरोध गरेपनि पुग्दैन उहाँको थप कथन थियो । सार्थै उहाँले कुनै पनि संघ संस्थाले गरेको सहयोग र सरकारी सहयोग उही हैन भन्दै उहाँले सरकारले दिएको राहत कुनै पनि पीडितले नपाउने अवस्था आउन नहुने तर्क गरेका छन् ।
साथै उहाँले शंखरापुर नगरपालिका अन्तर्गत सानागाउँ, नाङ्लेभारे, विशम्भरा क्षेत्रमा भूकम्प पीडितलाई विभिन्न किसिमको सहयोगका साथै घर बनाइदिने भएको अवस्थामा समेत साँखुबासीले कुनै विरोध गरेन तर साँखुबासीलाई रेडक्रसले केही सहयोग गर्दा किन यत्रो कोकोहोलो ? उहाँको थप प्रश्न थियो ।
यसै सम्बन्धमा हामीले एउटा फेसबुक पोष्ट यहाँ प्रस्तुत गरेका छौँ । “भुकम्पले क्षतबिक्षत पालमा बस्न बाध्य शंखरापुर नगरपालिकाका भुकम्प पिडितलाई समयमा राहत,पाल, खाद्यान्न, स्वबाशि लालपुर्जा, उचित सहयोग नगरेर सरकार र यसका अबयबको लाचारीपन उदाङ्गीएको अबस्थामा यो जाडोमा कठाङ्ग्रिएर मर्न लाग्दासम्म रु १००००÷– ( कपडाको लागि ब्यबस्था गर्न नसक्नु शंखरापुर न पा, यस भित्र अटेका सर्बदलिय संयन्त्रको कार्यशैली र जनताको हितको पहल नाङ्गिएकोछ । पारी चाँगु र कागेश्वरी न पा ७ ले दियो नि ! २ लाखले घर बन्छ भनेर निर्णय गर्ने कुहिएको थिंकट्यांकहरुले एउटा नक्सा समेत नौ महिना लाग्दासम्म उपलब्ध गराउन नसक्नेलाई नैतिकताहिन निर्दयीको पराकाष्ठा गैरजिम्मेबार भ्रष्ट जे भनेनि कम हुन्छ । २ लाख नदे तिन कोठे घर बाथरुम भएको घर बनाएर दे । जसको घर जाँ छ त्यहिं घर बनाइ दे । घर भत्केको ठाउँको लालपुर्जा बनाईदे जनता तिम्रा दास हुन् ? तिमिहरुले जे गर्न पाउने, पिडितले गाँस बास कपास नपाउने ?????”
यही स्टाटसमा सर्वदलीय प्रतिनिधी एलपी श्रेष्ठको कमेन्ट यस्तो छ– “साथी घर बस्ने नेपाल देख्ने उखानको चरितार्थ हुने खालका स्टाटस सामाजिक सञ्जालमा लेख्न कति सुहाउँछ । बिचार पु¥याउन पाँए हुन्छ कि । आरोप लगाउनु पूर्व सम्बन्धित सरोकारवाला सँग पनि जानकारी लिएर कमेन्ट गर्दा राम्रो होला कि ।”
– सहदेव केसीको फेसबुकबाट
0 Comments
Thanks for your concerns