साँखु÷जनकजानकी सिद्धार्थ धर्मकर्म सेवा संघमा गत शनिवार भएको छैर्ठाँ महाधिवेशनले सिद्धिहर्ष बज्राचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
उक्त समितिको उपाध्यक्षमा शंकर मल्ल ठकुरी, कोषाध्यक्षमा भुवनलाल श्रेष्ठ, सचिवमा केशव बहादुर खड्का, सह सचिवमा रामनाथ योगी रहेका छन् भने शिवमंगल श्रेष्ठ लगायतका १२ जना सदस्यहरु रहेका छन् ।
उक्त महाधिवेशनको निर्वाचन संयोजक सुरेन्द्र खड्का थिए । महाधिवेशनको प्रमुख अतिथिका रुपमा ज्येष्ठ नागरिक पदमबहादुर कार्कीलाई निम्त्याइएको थियो । सो अवसरमा उहाँले कवितात्मक सन्देश दिँदै विदेश गएर हैन स्वदेशमै बसेर युवाले केही गरेर देखाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रा. मिठ्ठाराम थापा, कुलबहादुर खड्का, दिलिप कुमार श्रेष्ठ, एलपी श्रेष्ठ, कृष्णराज सुवेदी, जयराम श्रेष्ठ, रामप्रसाद सुवेदी, संगिता श्रेष्ठ लगायतका वक्ताहरुले महाधिवेशनको सफलताको कामना सहित नयाँ नेतृत्वलाई कार्यकालको सफलताको कामना गर्दै बधाई दिएका थिए ।
उक्त संस्था २०४८ सालमा स्थापना भएको हो । सो संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद गिरीले सोही समयदेखि संस्थाको नेतृत्व सम्हाल्दै आएका थिए । उहाँकै अगुवाईमा दुईपटक कोटी हवन गरिसकिएको, स्वस्थानी मन्दिर बनाइएको, अखण्ड दीप प्रज्वलनको लागि मन्दिर बनाइएका थिए । संस्थाले प्रत्येक वर्ष सामूहिक व्रतबन्धको आयोजना गर्दै आइरहेको छ । उक्त संस्थाले यस वर्ष पनि कोटी हवन गर्ने लक्ष्य राखेको भएतापनि भूकम्पका कारण सम्भव नभएको जानकारी सो अवसरमा गराइएको थियो ।
0 Comments
Thanks for your concerns