प्रकृतिको अनमोल उपहारलाई जोगाउनु पर्छ –श्रेष्ठ (राधाकृष्ण श्रेष्ठ साँखुका युवा समाजसेवी हुनुहुन्छ । बुबा स्व. बालकृष्ण श्रेष्ठ र आमा सानुछोरी श्रेष्ठका सुपुत्र भएर उहाँ वि.सं.२०३६ साल असार २६ गते साँखुको सुन्टोलमा जन्मनुभएको हो । उहाँ बारास गु्रपका अध्यक्ष हुनुहन्छ । हाल साँखुमा हुन लागेको बसन्त संगीत महोत्सवका कार्यक्रम संयोजक हुनुहुन्छ । उहाँ साँखु सम्पदा पर्यटन तथा वातावरण समाजका प्रबन्ध सञ्चालक हुनुहुन्छ । उहाँसँग हाम्रा प्रतिनिधिले बसन्त संगीत महोत्सवको सेरोफेरोमा लिईएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।–सम्पादक) …

साँखु÷गत माघ ६ गते साँखुको भगवती उच्च माविमा क्यान्सर रोगसम्बन्धी जनचेतना जगाउने कार्यक्रम लायन्स क्लब अफ साखुको आयोजनामा भएको थियो । उक्त कार्यक्रममा लायन्स क्लबले आगामी माघ २१ गते क्यान्सर दिवस मनाउने जानकारी समेत दिईएको थियो । क्यान्सर दिवसको दिन सबै सहभागीहरुलाई प्रभातफेरि कार्यक्रमा सहभागी भई क्यान्सर सम्बन्धी जनचेतना जगाउन समेत लायन्स क्लब साँखुले अनुरोध गरेको थियो । सो कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरुले क्यान्सर रोगबारे सहभागीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा करिब ८५ जना सहभागीहरुको उपस्थिति रहेको जनाइएको छ ।
साँखु÷गत माघ १ गते साँखु भौढोका स्थित ऐतिहासिक महत्वको भगवती मन्दिरपरिसरबाट भगवतीको मूर्ति सहितको जात्राले साँखु नगर परिक्रमा गरेको छ । उक्त जात्रा सधैँ माघे संक्रान्तिका दिन गरिन्छ । उक्त जात्रामा विभिन्न बाजागाजा सहित नगर परिक्रमा गरिन्छ । साथमा भजनमण्डलले भजन किर्तन गर्दै नगर परिक्रमा गरिएको थियो ।
सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्– ताय् (धानको लावा) आखे १०८ (केलाएको चामल) जाकी (अक्षता) ईता (दीप बत्ती) क्वखं मगागु लः (कागले ननाघेको जल) पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप) जजंकाः (देवतालाई लगाईदिने डोरो) ईता १०८ (दीप बत्ती १०८) जजंकाः १०८ (डोरो १०८) पलेस्वां (कमलको फूल) उफोस्वां (नीलकमलको फूल) धन स्वां –धन फूल(कन्दर्भ) कपु स्वां (कर्पुर पाती) गुण केरा स्वां (गुणकेशरी फूल) द्वाफो स्वां (वेली फ…
साँखु÷यही आउँदो माघ ४ गते नक्सालको नाफा आर्ट ग्यालरीमा साँखुका विभिन्न ऐतिहासिक महत्वका फोटोहरु प्रदर्शनी गरिने भएको छ । उक्त प्रदर्शनी साँखु सम्पदा पर्यटन वातावरण समाजको आयोजनामा हुने भएको हो । उक्त फोटो प्रदर्शनीपछि संस्थाले माघ १४ गते साँखुको भाग्योदय उच्च मावि सुपारीखेलमा संगीत महोत्सव गरिने भएको छ । उक्त महोत्सवमा साँखुका ऐतिहासिक महत्व झल्किने प्रदर्शनी हुनुका साथै नेवारी खाजा र विभिन्न व्याण्डको सांगितिक खुराक एकै ठाउँमा पाउन सकिने जानकारी आयोजकले दिएको छ ।
सामाजिक संजाल