प्रकृतिको अनमोल उपहारलाई जोगाउनु पर्छ –श्रेष्ठ
(राधाकृष्ण श्रेष्ठ साँखुका युवा समाजसेवी हुनुहुन्छ । बुबा स्व. बालकृष्ण श्रेष्ठ र आमा सानुछोरी श्रेष्ठका सुपुत्र भएर उहाँ वि.सं.२०३६ साल असार २६ गते साँखुको सुन्टोलमा जन्मनुभएको हो । उहाँ बारास गु्रपका अध्यक्ष हुनुहन्छ । हाल साँखुमा हुन लागेको बसन्त संगीत महोत्सवका कार्यक्रम संयोजक हुनुहुन्छ । उहाँ साँखु सम्पदा पर्यटन तथा वातावरण समाजका प्रबन्ध सञ्चालक हुनुहुन्छ । उहाँसँग हाम्रा प्रतिनिधिले बसन्त संगीत महोत्सवको सेरोफेरोमा लिईएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।–सम्पादक)
बसन्त संगीत महोत्सवको तयारी कसरी भईरहेको छ ?
सम्भवतः साँखुमै पहिलोपल्ट हुन गइरहेको बसन्त संगीत महोत्सवको तयारी करिब करिब अन्तिम चरणमा पुगिसकेको छ । यस महोत्सवलाई भव्यताका साथ सफल बनाउन व्यवस्थित एवं ऐतिहासिक महोत्सव बनाउन यसका व्यवस्थापन मूल समिति तथा उपसमितिहरुले समय तालिका अनुसार कामहरु गरिरहेका छन् ।
बसन्त संगीत महोत्सव गर्नुको उद्देश्य के हो ? यस बारे केही बताईदिनुहुन्छ कि !
यस महोत्सवको उद्देश्यबारे जानकारी दिनुभन्दा पहिले संस्थाको उद्देश्यबारे जानकारी दिनु आवश्यक छ जस्तो लाग्छ । यस संस्थाको मुख्य उद्देश्य नै हाम्रो पहिचान र गौरवको रुपमा रहेको साँखु र यसको वरपरका साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न पहल गर्ने, वातावरणीय स्वच्छता कायम राखेर यस क्षेत्रलाई आन्तरिक एवं बाह्य पर्यटकहरुको गन्तव्य स्थलको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ ।
यसबाट पनि सामाजिक तथा आर्थिक रुपान्तरण सम्भव छ भन्ने हाम्रो बिश्वास रहेको छ । यसै उद्देश्यसँग यो संगीत महोत्सव निहित रहेको छ । साथै यस बसन्त संगीत महोत्सवबाट हाम्रो राष्ट्रिय तथा जातिय पहिचान बोकेका लोप भएका बाजाहरु एवं अहिले रहेका परम्परागत लोकबाजाहरु चिनाउने, युवाहरुलाई यी बाजागाजाहरु सिक्न आकर्षित गराउने र साँखुका सम्पदाहरु एवं हाम्रा पुर्खाहरुले साँखु नगर निर्माण गर्दा कति व्यवस्थित एवं हर दृष्टिकोणबाट कति उत्तम तरिकाबाट बनाएको रहेछ भन्ने बारेमा यस भेगका जनताहरु एवं यस महोत्सवमा यस भेग बाहिरबाट आउने आन्तरिक पर्यटकहरुलाई जानकारी गराउन सहयोगी हुने बिश्वास लिएका छौँ । बसन्त पञ्चमी संगितको उत्सव मनाउने हाम्रो मौलिक दिन हो । आजसम्म पनि यो दिनमा हाम्रा राष्ट्रप्रमुखबाट समेत बसन्त श्रवण गर्ने प्रचलन रहिरहेको छ । यो दिनमा हामीहरुले बसन्त संगीत महोत्सव मनाउनु कति अर्थपूर्ण छ भन्ने कुरा यसबाट पनि स्पष्ट हुन्छ । साथै हामीले यस दिन साँखुको साँस्कृतिक सम्पदा, कला संस्कृतिको प्रदर्शन गरेर साँखुलाई पर्यटन गन्तव्य बनाउन चाहन्छौँ । हामी बसन्त पञ्चमीको महत्वबारे सारा नेपालीहरुमाझ र विदेशसम्म पनि प्रचार प्रसार गर्ने लक्ष्य लिएका छौँ ।
साँखु सम्पदा पर्यटन तथा वातावरण समाजले आयोजना गर्ने यस महोत्सवले साँखु क्षेत्रमा कस्तो प्रभाव पाने अपेक्षा गर्नुभएको छ ?
एकैपटक साँखु क्षेत्रमा यसले ठूलै सकारात्मक असर पार्नेछ भन्ने हामीले ठानेका छौँ । निश्चितरुपमा क्रमशः हाम्रो मौलिकता र पहिचान बचाउन यस महोत्सवले सकारात्मक प्रभाव पर्दछ भन्ने हामीलाई लाग्दछ ।
यस समाजले भर्खरै बबरमहलको आर्ट काउन्सिलमा सम्पन्न गरेको वृहत कला तथा फोटो प्रदर्शनी बारे तपाईको भनाई के छ ?
यस बसन्त संगीत महोत्सवको प्रचार प्रसार स्वरुप गरेको यस कार्यक्रममा ३ दिन सम्म नै साँखु र साँखु बाहिरका कला पारखीहरुको बाक्लो उपस्थितीले हामी हाम्रो उद्देश्यमा सफल भएजस्तो लाग्छ ।
समाजले संगीत महोत्सव साथ साथै विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै हुनुहुन्छ, यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
यस महोत्सवलाई व्यवस्थित एवं भव्य रुपमा सञ्चालन गर्न करिब अढाई महिना अगाडिदेखि नै यस संस्थाको सञ्चालक समितिमा रहेका महानुभावहरुलाई विभिन्न जिम्मेवारी दिएर यसको व्यवस्थापनको काम अगाडि बढाइरहेका थियौँ । महोत्सव नजिकिँदै जाँदा साँखुका क्रियाशील संघ संस्था एवं टोल टोलमा उपसमिति बनाएर यसको व्यवस्थित व्यवस्थापन गर्ने योजना हामीले बनाएका छौँ । यसबाट साँखुबासीको पूर्ण सहयोग हामीलाई प्राप्त हुने बिश्वास गरेका छौँ ।
संगीत महोत्सव माघ मेलाकै भीडभाडमा गर्नुको कारण के हो ?
मैले अघि नै भनिसकेको छु कि बसन्त पञ्चमी संगीत उत्सव मनाउने हाम्रो मौलिक दिन हो । कुनै विशेष दिनको कार्य सोही दिनमा गर्नु जति अर्थ अरु दिनमा त्यत्ति हुँदैन । जस्तै नेपाल सम्वतको नयाँ वर्ष हामी म्हपुजाको दिनमा मनाउँछौँ भने विक्रम सम्बतको नयाँ वर्ष हामी बैशाख १ गते मनाउँछौँ । त्यसैगरी ल्होसार विभिन्न समुदाय अनुसार फरक फरक दिनमा मनाइन्छ । त्यसैगरी ईश्वी सम्वत् अुनसारको नयाँ वर्ष जनवरीको १ तारिखमा मनाईन्छ । जुन पर्व जुन दिन मनाउनुको अर्थ हुन्छ, अर्को दिन मनाउँदा अनर्थ हुन जान्छ । यसैले पनि हामीले बसन्त पञ्चमीकै दिनमा बसन्त संगीत महोत्सवको आयोजना गरेका हौँ ।
अन्तमा तपाइँ हाम्रो पत्रिका मार्फत् पाठकहरुलाई केही भन्न चाहनुहुन्छ कि ?
हाम्रो पहिचान र गौरवको रुपमा रहेको साँस्कृतिक, प्राकृतिक एवं भौतिक सम्पदाहरुको संरक्षण गर्ने वातावरणीय स्वच्छता कायम गर्ने साथै हाम्रा पूर्खाहरु एवं प्रकृतिको अनमोल उपहारहरुलाई जोगाउन म सबैमा अनुरोध गर्दछु । खासगरी यस विषयमा युवावर्गहरु बढी सचेत हुन म विशेष अनुरोध गर्दछु ।

0 Comments
Thanks for your concerns