सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्–
- ताय् (धानको लावा)
- आखे १०८ (केलाएको चामल)
- जाकी (अक्षता)
- ईता (दीप बत्ती)
- क्वखं मगागु लः (कागले ननाघेको जल)
- पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप)
- जजंकाः (देवतालाई लगाईदिने डोरो)
- ईता १०८ (दीप बत्ती १०८)
- जजंकाः १०८ (डोरो १०८)
- पलेस्वां (कमलको फूल)
- उफोस्वां (नीलकमलको फूल)
- धन स्वां –धन फूल(कन्दर्भ)
- कपु स्वां (कर्पुर पाती)
- गुण केरा स्वां (गुणकेशरी फूल)
- द्वाफो स्वां (वेली फूल) १०८
- चाँदीको द्वाफो स्वां (फूल)
- सि स्वां (सुनाखरीको फूल)
- सिन्हं स्वां (नारायण पाती)
- जाई स्वां (जाईको फूल)
- ताः स्वां (१०८ प्रकारको फूल)
- अन्य सक्ने जत्ति विभिन्न प्रकारको फूल
- फलफूल विभिन्न किसिमको
- वयर
- सेती वयर
- खाईसी (तिते अमिलो)
- नैक्या (नरिवल)
- लकस (पानी अमला)
- गुतः (दुवो)
- अम्ब (अमला)
- जत्ता नैक्या (जत्ताधारी नरिवल)
- चिःग्वगु ग्वँय् (सानो सुपारी) ८
- तःग्वगु ग्यँय् १ (विवाहितको महिलाको लागि मात्र)
- १०८ टुक्रा सुपारी
- पान १०८
- वस्त्र १ (होम गर्न लुगाफाटो घीउमा भिजाएर ल्याउने)
- पञ्च पलाः (पञ्च पल्लव)
- कलं पका (कपडाको ध्वजा)
- सा दुरु (गाईको दूध)
- सा च्वः (गाईको गहुँत)
- गोवर ल्हातय् फयातःगु (गोबर भुइँमा नझर्दै हातमै थापेको)
- बेल पत्र
- पञ्चरङ्गी मरी (पञ्चरङ्गी रोटी)
- तुलसी पत्र
- सिदा भाग –५
- निस्ला भाग –५
- पूजा क्वतः (पूजा थाली)
- सिन्हँ म्हू (फुसे्र सिन्दूर सहितको गजुर भएको भाँडो)
- त्वादेवा (पानस)
- घण्टी (गं चा)
- पञ्चरङ्गी धागो (पसुकाः)
- पञ्चरङ्गी मोटो धागो (ग्वयँकाः)
- कलेगोम्प (माटोको कलश) कजी÷कजिनी÷पूरोहित बाजे र माधवनारायणलाई चढाउनै पर्ने साथै आफ्नो परिवारजन ईष्टमित्रलाई फूल प्रसाद बाँड्नुपर्ने हुन्छ आवश्यकता अनुसार कलशको व्यवस्था गर्ने । यही कलश साटफेर गरि मीत लाउन प्रयोग गरिने
- तिइ पँ (निगालो) (कपडा राखेर झण्डा बनाउन प्रयोग गरिने) कलस सरह
- काकचा पु (सल्लाको बियाँ) (कलस सरह)
- सेता कपडा बाला (कलस सरह)
- अत्तर बनाई भोगटेमा राखेर लैजाने
- सलिंचा आवश्यकता अनुसार
- सुकुन्दा गणेश सहितको
- पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप)
माथि उल्लेखित सामग्रीहरुबारे नबुझेमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि (व्रत नाईके)सँग सोधपूछ गर्नुपर्नेछ ।
(यी माथि उल्लेख गरिएका नियमहरुमा केही छूट हुन गएको भए थप गर्नको लागि आफ्नो राय सल्लाह दिन समेत हार्दिक अनुरोध गर्दछौँ ।– सम्पादक)
(यी माथि उल्लेख गरिएका नियमहरुमा केही छूट हुन गएको भए थप गर्नको लागि आफ्नो राय सल्लाह दिन समेत हार्दिक अनुरोध गर्दछौँ ।– सम्पादक)
0 Comments
Thanks for your concerns