– कृशु श्रेष्ठ – २९ माघ आईतवार लावण्य/साँखु । यही माघ २८ गते शनिवार शालिनदी परीसरमा वृहत सरसफाई सम्पन्न गरिएको छ । सो कार्यक्रममा बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्ट, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति र डिभिजन वन कार्यालय काठमाडौँ अन्तर्गत साँखु सब डिभिजन वन कार्यालयको आयोजना एवम् शंखरापुर नगरपालिका, महानगरीय प्रहरी प्रभाग साँखु, सामुदायिक प्रहरी साँखु, ब्लु वेस्ट टु भ्याल्यु,…
२८ माघ शनिवार लावण्य/साँखु । सन्दिपनी ज्ञान मन्दिर पब्लिक हाईस्कुल (संगम) को नवनिर्मित भवनको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले गर्नुभएको छ । सो भवन उद्घाटन कार्यक्रमको औपचारिक कार्यक्रमको उद्घाटन भने बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्टले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा संघीय सांसद सोविता गौतम, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका उप मेयर समिता श्रेष्ठ, प्रवक्ता राधाकृष्ण श्रेष्ठ, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षाविद्हरु लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । क…
– कृशु श्रेष्ठ – २८ माघ शनिवार लावण्य/साँखु । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, प्रथम उपाध्यक्षमा मेख बहादुर अधिकारी, द्…
लावण्य/साँखु । साँखुको शालिनदी तीरमा बसेर माधवनारायणको व्रत बस्ने व्रतालुहरु आजबाट घर फिर्ता हुने भएको छ । आज बिहानै व्रतालुहरु सबै ज्योतिर्लिङ्गेश्वर परिसर पुगेर बिहानको नित्य स्नान कजी, साँवागणसँगै गर्दछन् त्यसपछि माध गाउँदै देवी देवताहरुको पूजा आजा गर्दै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा पछि अजिमा (अजिद्यः) स्थानसम्म पुग्दछन् । त्यसपछि आफू साँखुको जुन टोलमा बसेको हो त्यो टोलको गणेश पूजा पछि शालिनदीमा व्रत वस्दा आफूले उपभोग गरेको मिगाःमा पूजा गरिसकेपछि व्रत समाप्त भएको मानिन्छ । पौष २१ गते साँखुको ब्रम्हपुर (बलंपुली) बाट सुरु गरिएको व्रत आज …
२१ माघ शनिवार लावण्य/साँखु । तरेली साहित्य प्रतिष्ठानले यही माघ २१ गते शनिबार बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय राजु बिष्टलाई सम्मान गरेको छ । उहाँकै प्रमुख आतिथ्यतामा भएको सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री विष्टले भन्नुभयो– यस भेगमै तरेली साहित्य प्रतिष्ठानले गरेका साहित्यिक कार्यक्रम अतुलनीय रहेको बताउँदै तरेली साहित्य प्रतिष्ठानलाई आफुले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ । कार्यक्रममा विशेष अतिथि शंखरापुर नगरपालिकाका उप प्रमुख समिता श्रेष्ठले आगामी दिनमा तरेली साहित्य प्रतिष्ठानलाई नगरपालिकाको तर्फबाट आर्थिक सहयोग …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म१ करोड २ लाख ४४ हजार ३४रुपैया“ सहयोग संकलन भएको देखिएको छ । २३ माघ सोमवार । लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज २६ औँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु. १ करोड २ लाख ४४ हजार ३४ रुपैयाँ संकलन भएको छ । पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ हजार १ सय ८०, पौष २९ गते २ लाख ८९ हजार २ सय ८०, …
सामाजिक संजाल