भ्याली बैंक र सिग्नेचर बैंकपछि फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको हो । अमेरिकामा दुई महिनाभित्र यो तेस्रो बैंक टाट पल्टिएको हो । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ । कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ! जेपी मोर्गन फष्ट रिपब्लिकन बैंकको …
– कृशु श्रेष्ठ – २० फाल्गुन शनिवार लावण्य/.साँखु । साँखु जेसिजको बर्ष २०२३ को प्रथम साधारणसभा तथा प्रि–इन्डक्सन एवम् लोम अफिसर तालिम सम्पन्न भएको छ । साँखु जेसिजका अध्यक्ष गणेश दुलालको अध्यक्ष्यतामा भएको उक्त साधारणसभाबाट बार्षिक कार्ययोजना पारित गरिएको थियो भने साधारणसभा लगत्तै प्रि – इन्डक्सन तालिम सञ्चालन गरिएको थियो । उक्त तालिम शंखरापुर नगरपालिका उप– प्रमुख समिता श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । तालिम प्रशिक्षक नेपाल जेसीज २०१८ का कार्यकारिणी उपाध्यक्ष रस्मी सिल्पकार हुनुहुन्थ्यो । प्रशिक्षण निकै आकर्षक र प्रभावकारी रह…
फाल्गुन २० गते शनिवार लावण्य/साँखु । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन शंखरापुरको तेश्रो साधारणसभा र दोस्रो अधिवेशनबाट अध्यक्षमा दिलिप बस्नेत निर्वाचित हुनुभएको छ । कुल १६७ जना मतदाता रहेकोमा उहाँले १०७ मत प्राप्त गरेका थिए । शनिवार शंखरापुर नगरपालिकाको वडा नं ९ को ओदान रिसोर्टमा सम्पन्न उक्त अधिवेशनबाट बस्नेतको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको हो । त्यसैगरी सो कार्यसमितिको सचिवमा सरोज अधिकारी निर्वाचित भएका छन् । उहाँले १३३ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा भीमसेन श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने सह उपाध…
– कृशु श्रेष्ठ – १४ फाल्गुन आईतवार लावण्य/साँखु । हलिं नेवाः गथिको केन्द्रिय अधिवेशनबाट विनोद महर्जनको अध्यक्षतामा नयाँ पदाधिकारीहरुको सर्वसम्मतिबाट चयन भएको छ । अधिवेशनबाट चयन भएका पदाधिकारी एवं सदस्यहरु यसप्रकार रहेको छ – अध्यक्षमा विनोद महर्जन, उपाध्यक्षमा सुरेश सैँजु, सचिवमा अमरकाजी श्रेष्ठ र सहसचिमा सत्यनारायण श्रेष्ठ, कोषाध्यक्षमा मीना गोपाली, सह कोषाध्यक्षमा सविता नकर्मी चुनिनुभएको छ भने सदस्यहरुमा भवानी प्रधान, गोपालकृष्ण नकर्मी, सुवर्ण मानन्धर, हरि महर्जन, सरल गोपाल महर्जन, देव श्रेष्ठ, सुर्यलक्ष्मी महर्जन, उमेश प्रकाश श्रेष्ठ, राजु …
– क्रिस्टिना श्रेष्ठ – १३ फाल्गुन शनिवार लावण्य/साँखु । रोटरी क्लब अफ साँखु र क्यान्सर सोसाईटी काठमाडौँ शाखाको आयोजनामा यही फाल्गुन २० गते शनिवार हाकुज रेष्टुरेण्टमा पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम हुने भएको छ । सो कार्यक्रम पछि क्यान्सर रोगको संकेत देखिएकाहरुलाई फाल्गुन २७ गते शनिवार भाग्योदय माविमा हुने स्वास्थ्य शीविरमा परीक्षण गरेर आवश्यकता अनुसार पाठेघर क्यान्सरको उपचारको लागि समेत सिफारिश गरिनेछ ।
लावण्य/साँखु । “श्रीमतीलाई बन्धक बनाएको भन्दै शंखरापुरका नगरप्रमुख विरुद्ध उजुरी” शीर्षकमा केटिएम दैनिक र राजधानी दैनिकमा समाचार प्रकाशित भएपछि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफ्नो तर्फबाट एक पे्रस विज्ञप्ती निकाल्दै यस विषयमा स्पष्ट पारेका छन् । प्रेस विज्ञप्ति मिति : २०७९ फागुन ११ गते मेरा नगरबासी तथा आमनागरिकज्युहरु, सबै आमसञ्चार माध्यमका संवाददाता÷सम्पादक ज्यू, बिगत केही दिनदेखी केही सञ्चारमाध्यममा मेरो र मेरो परिवारको बारेमा समाचार सामग्री प्रकाशन भएकोप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । ति समाचारहरूले जनमानसमा केही भ्रम उत्पन्न…
लावण्य/साँखु । तीन वर्ष अगाडि स्थानीय तह निर्धारण आयोगको सिफारिशमा शंखरापुर नगरपालिका अन्य नगरपालिकासँग जोडिने खबर प्राप्त भएपछि शंखरापुरवासी आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनको फलस्वरुप शंखरापुर नगरपालिका यथावत कायम भएको सम्झनामा यही फाल्गुण २२ गते साँखुको चलाखु टोलमा दिपावली गर्दै अभियन्ताहरुले खुशियाली मनाएका छन् । त्यसैगरी सोही दिनको सम्झनामा सक्व सभाहलमा पूर्व सांसद दीपकप्रसाद कुइँकेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी समयवजी कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमको लागि अभियन्ता एवं तत्कालीन आमरण अनसनकर्ता ई. राजदास श्रेष्ठले स…
फाल्गुन ६ शनिवार लावण्य/साँखु । यस वर्ष माघमा माधवनारायणको व्रत बसेका व्रतालुहरुले शिवरात्रिका दिन साँखुको ज्योतिर्लिङ्गेश्वर परिसरमा भगवान माधवनारायणको भजन किर्तन गाउँदै जाग्राम बसेर शिवरात्रि पर्व मनाएका छन् । परम्परा अनुसार शिवरात्रिका दिन राति जाग्राम बसेर भोलिपल्ट बिहान बज्रयोगिनीको दर्शन गरेपछि मात्रै माधवनारायण व्रतको फल मिल्ने बिश्वास यहाँका स्थानीयमा पाईन्छ । यस अघि साँझपख व्रत नाईके कजीको घरबाट सारुक्वलां (साधु स्मशान)मा पूजा गर्न गएको थियो । जुन पूजामा जलचर स्थलचर र उभयचरको बली दिने गरिन्छ । परम्परा अनुसार १ जोडी परेवा, एक जोडी माछा…
प्रचण्डको चाहना ः एमाले आफैं बाटो लागोस् प्रचण्डले नै राष्ट्रपति लिनुस् भनेको हो– योगेश भट्टराई प्रचण्डले नै एमालेलाई राष्ट्रपति लिनुस् भन्नुभएको हो ः योगेश भट्टराई लावण्य/साँखु । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् । प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् । सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति ए…
– कृशु श्रेष्ठ – २९ माघ आईतवार लावण्य/साँखु । यही माघ २८ गते शनिवार शालिनदी परीसरमा वृहत सरसफाई सम्पन्न गरिएको छ । सो कार्यक्रममा बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्ट, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति र डिभिजन वन कार्यालय काठमाडौँ अन्तर्गत साँखु सब डिभिजन वन कार्यालयको आयोजना एवम् शंखरापुर नगरपालिका, महानगरीय प्रहरी प्रभाग साँखु, सामुदायिक प्रहरी साँखु, ब्लु वेस्ट टु भ्याल्यु,…
सामाजिक संजाल