श्रीमद् भागवत् गीता र व्यवस्थापन

– उप प्रा. डा. राजेश पोखरेल

श्रीमद्भागवत् गीता के हो ?

श्री परब्रह्म परमेश्वर भगवान् “जस्तै” र गाउन मिल्ने सूक्तिहरुले भरिपूर्ण ग्रन्थ नै श्रीमद्भागवत् गीता हो । आनन्दकन्द, परमानन्द, परम स्वतन्त्र लीला विहारी श्री वालमुकुन्द भगवानको जत्तिकै अनुकम्पाले युक्त र पावन पवित्र भएकोले यसलाई भगवान्  जस्तै अर्थात् भागवत् र गीती सङ्गालो भएकोले गीता भनिएको हो ।

द्धापरयुगान्त र कल्यादिको झिसमिसे कालमा श्रीमद्भागवत् गीताको जन्म भएको थियो । महाभारत ग्रन्थमा वर्र्णन भए अनुसार जब कौरवोत्तराधिकारी दुर्योधनले अनेक छल र हठद्धारा पाण्डवसँग युद्धको बाध्यकारी स्थित पैदा गरे र युद्ध सुरु हुने दिन पनि आयो, त्यस दिन युद्धको सङ्ग्रामी गतिविधि प्रारम्भ हुनु ठिक अघि पाण्डव धरोहर अर्जुनले आफ्ना सारथी बनेका भगवान श्रीकृष्णलाई आफु युद्धमा भाग नलिई पूजनीयाग्रजहरु मारेर पाप र राज्य नभोग्ने निर्णय सुनाउँछन् तब श्री कृष्णले युद्धमा भाग लिनै पर्ने र जित्नै पर्ने कारणहरु अर्जुनलाई बताएझैं गरी समस्त मानव जातिलाई हजारौ वर्ष सम्मका लागि मानव धर्मको बहुआयाम उपदिष्ट गरे । तिनै महावाणिको सङ्गालो नै आज श्रीमद्भागवत् गीताका नामले जग प्रचलित छ ।

श्रीमद्भागवत् गीता मानवजातिको लागि अनुपम वा नःभूतो नःभविष्यति किसिमको दस्तावेज पनि हो । धर्म भनेर प्रचार गरिएका मानिसका सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक ऐच्छिक र वाध्यकारी आचरणहरुको समष्टि रुप विश्वमा धेरै छन् र ती हरेकको मूल ग्रन्थ वा धार्मिक मान्यता तथा सिद्धान्तहरुको सङ्ग्रह एक एक ओटा अवश्यनै छन् । त्यस्ता सङ्ग्रहहरु निर्माण वा प्रचार भए देखि आजसम्म धेरै पटक परिवर्तन, संसोधन र थपघट भइसकेका छन् । यो क्रम जारी छ । अझै चलनेवाला पनि छ । तर, भगवान्ले यस्तो पनि भन्नु भएको रहेछ । यस्तो चाहीँ भन्नु भएको रहेछ । यो ठाउँमा यस्तो लेखेको पनि भेटियो आदि भनेर अरु पुस्तकको झैं अनेक मार गीताले सहन गर्नु परेको छैन । साथै संसारमा सबैभन्दा बढी सङ्ख्यामा सित्तैमा बाँढिएको (झुक्ककाएर टाँसो लगाइएको समेत) पुस्तक यो हैन । संसारमा सबैभन्दा बढी सङख्यामा बिक्री भएको ग्रन्थ तथा सबैभन्दा बढी फरक धर्म सम्प्रदायका व्यक्तिहरुले अध्ययन गरेको दर्शनशास्त्र पनि श्रीमद्भागवत् गीता नै हो ।

व्यवस्थापन के हो ?

कुनै निश्चित लक्ष्य प्राप्तिका लागि आवश्यक मानवीय र गैर मानवीय, आर्थिक र गैर आर्थिक अनि भौतिक र अभौतिक स्रोतसाधनहरुसँग सम्वन्धित आवश्यक चाँजोपाजो सम्वन्धि कार्यलाई व्यवस्थापन भनिन्छ । अर्थात् कुनै लक्ष्यार्थ योजना, सङ्गठन, नियन्त्रण, सञ्चार, समन्वय, नेतृत्व, निर्देशन आदि कार्यहरु के गर्ने, कहिले गर्ने, कसरी गर्ने को मार्फत् गराउने कति समयमा गर्ने, के कति स्रोत साधनमा गर्ने भन्ने जस्ता प्रश्नहरुको सर्वाङ्गिण उत्तर नै व्यवस्थापन हो ।

व्यवस्थापनका प्रख्यात् विद्धान हेनरी एल् सिस्कका अनुसार ः ःबलबनझभलत ष्क तजभ अययचमष्लबतष्यल या बिि चभकयगचअभक तजचयगनज तजभ उचयअभकक या उबिललष्लन, यचनबलष्शष्लन, मष्चभअतष्लन बलम अयलतचयििष्लन ष्ल यचमभच तय बततबष्ल कतबतभम नयबकि। (निर्धारित लक्ष्य प्राप्तिका लागि सम्पूर्ण स्रोत साधनमाथि योजना, सङ्गठन, निर्देशन र नियन्त्रणको समन्वय नै व्यवस्थापन हो)

त्यस्तै अर्का प्रख्यात् विद्धान डोनाल्ड जे. क्लखका अनुसार ः ःबलबनझभलत ष्क तजभ बचत बलम कअष्भलअभ या मभअष्कष्यल mबपष्लन (निर्णय लिने कार्यको कला र विज्ञानलाई व्यवस्थापन भनिन्छ ।)

माथिका परिभाषाहरुको निचोड के जस्तो देखिन्छ भने, निर्धारित लक्ष्य प्राप्तिका लागि सम्पूर्ण स्रोत साधनमाथि योजना, सङ्गठन, निर्देशन र नियन्त्रण आदि कार्य के गर्ने, कसरी गर्ने कति समयमा गर्ने, कोद्धारा गर्ने, कुन स्रोतमार्फतगर्ने आदि पक्षहरुको सटिक निर्णय गर्नु नै व्यवस्थापन हो ।

श्रीमद्भागवत् गीता र व्यवस्थापन विधाको सम्बन्ध

व्यवस्थापन भनेकै निर्धारित लक्ष्य प्राप्तिको लागि विभिन्न पक्षहरुमा गरिने विवेकशील निर्णयहरुको एकिकृत रुप हो । अनि, युद्ध नगर्ने मनस्थितिमा पुगेका अर्जुनलाई यद्ध गर्ने र किन गर्ने भन्ने निर्णय लिन उत्प्रेरित पार्ने वा मानवले के गर्ने, किन गर्ने, कसरी गर्ने आदि निर्णयको सग्रह श्रीमद्भागवत् गीता हो । यसरी हेर्दा श्रीमद्भागवत् गीता व्यवस्थापन विद्याको जनक हो । 

श्रीमद् भागवत् गीतामा व्यवस्थापनका यी ४ कार्यलाई ÷तथ्यलाई उजागर पारिएकाले यसलाई व्यवस्थापनको जननी मानिएको हो । ती ह्ुन्ः

(क) आत्माबाट नै मन, बुद्धि र इन्द्रियमाथि नियन्त्रण ।

(ख) मनलाई नियनत्रण गर्ने साधन ।

(ग) द्धन्द्ध समाधानका साधन ।

(घ) निर्णय प्रकृया ।

(क) आत्माबाट नै बुद्धि मन र इन्द्रियमाथि नियन्त्रण

आर्थिक(गैरआर्थिक, मानवीय(गैरमानवीय र भौतीक(अभौतिक तत्वहरुलाई लक्ष्य प्राप्तहुने गरी नियन्त्रण गर्नु व्यवस्थापन हो । तर, जसले आफ्नै इन्द्रियमाथि नियन्त्रण गर्न सक्दैन उसले कसरी अरु तत्वहरु वा वाह्य तत्वहरु नियन्त्रण प्राप्तगर्न सक्ला ? त्यसका लागि भागवत्मा उपाय छ । व्यक्तिको अन्तस्करणको प्रयासबाट बुद्धि, मन र इन्द्रियमाथि नियन्त्रण प्राप्त हुन्छ ।

आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिण ।

कामरुपेण कौन्तेय दुष्पूरेणानलेन च ।३९।

इन्द्रियाणि मनो बृद्धिरस्याधिष्ठानमुच्यते ।

एतैविमोहयत्येष ज्ञानमाकृत्य देहिनम्  ।४०।

तस्मात्वानिन्द्रियाण्यादौ नियम्य भरतर्षभ ।

पाप्मानै प्रजहि होनं ज्ञानविज्ञाननाशनम् ।४१।

इन्द्रियाणि पारण्याहुरिन्द्रियेभ्यः परं मनः ।

मनसस्तु परा बुद्धिर्यो बुद्धेः परस्तु स ः । ४२।

एवं बुद्धेःपरं बुदुध्वा संस्तभ्यात्मानमात्माना

जहि शत्रु महाबाहो कामरुपं दुरासदम् । ४३।

(कैन्तेय एतेन अनलेन दुष्पूरेण कामरुपेण ज्ञानिनः नित्यवैरिण ज्ञानम् आवतम् । एन्द्रियाणि मनः बृद्धि, अस्य अधिष्ठानम् उच्यते एषः एतैः ज्ञानम् आकृत्य देहिनम् विमोहयति । तस्मात् भरतर्षभत्वम् आदौ इन्द्रियाणि नियम्य एनम् ज्ञानविज्ञान नाशानम् पाप्मानम् हि प्रजहि । इन्द्रियाणि पराणि आहुः इन्द्रियेभ्यः परम् मनः मनसः तु परा बुद्धिः तु यः बुद्धेः परतः सः । स्वम् बुद्धेःपरम् बुद्ध्वा आत्मना आत्मानम् सस्तभ्य महाबाहो कामरुपम् दुरासदम् शज्ञुम्  जहि । ) श्रीमद्धभागवद्गीता, अध्यायः ३

अर्थात् इन्द्रियलाई नियन्त्रणमा राख्न सकेमा संसारमा सबैकुरा नियन्त्रणमा ल्याउन सकिन्छ ।

मनलाई नियन्त्रण गर्ने साधन

मनलाई नियन्त्रणमा राख्न सके संसारै अधिनमा आउँछ । तर कसरी ? भागवत् उत्तर दिन्छः(

योगी पुञ्जीत सततमात्मानं रहसि स्थितः ।

एकाकी यतचित्तात्मा निराशीरपरिग्रह ः ।१०।

शुचौ देशे प्रतिष्ठात्य स्थितरमासनमात्मनः ।

नात्युश्दितं नातिनीचं चैलाजिनकुशोत्ररम् । ११।

तत्रैकाग्र मनः कृत्वा यततित्तेन्द्रियक्रियः । 

उपविश्यासने व्यञ्ज्याद्योगमात्मविशुद्धये ।१२।

समं कायशिरोग्रीवं धारयन्नचलंस्थितरः । 

सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकयन् ।१३।

प्रशान्तात्मा विगतभीर्ब्रहाचारिव्रते स्थितः।

मनः संयम्य मश्चिन्तो युक्त आसीत मत्पर ः ।१४।

युञ्जन्नेव सदात्मानं योगी नियतमानसः ।

शान्ति निर्वाणपरमां मत्संस्थामधिगच्छति । १५।

(यत चित्रात्मा निराशीःअपरिग्रहः योगी एकाकी रहसि स्थितः आत्मानम् सततम् युञ्जीत । शुचौ देशे चैलाजिनकुशोत्तरम् न अत्युच्छितम् न अतिनीचम् आत्मनस् स्थिरम् प्रतिष्ठात्य तत्र आसने यपविश्य यतचित्तेन्द्रियाक्रियाः मनः एकाग्रम् कृत्वा आत्म विशुद्धये भोगम् युञ्ज्यात् । कायशिरोग्रीवम् समम् अतलम् धारयन् च स्थितरः स्वम् नासिकाग्रम् संप्रेक्ष्य दिशः अवलोकयन् ब्रह्मचारिव्रते स्थितः विगतभीः प्रशान्तामा युक्त मनः संभभ्य मच्छितः मत्परः आसीता नियत्मानुः योगी एवम् आत्मानम् सदा युत्तजन् मत्संस्थाम् निर्वाण परमम् शान्तिम् अधिगच्छति । श्रीमद्धभागवद्गीता,  अध्यायः ६

अर्थात् निश्चल मनवाला योगी आत्मालाई निरनतर परमेश्वरको स्वरुपमा लगाएर परमेश्वरमा रहने परमानन्दको पराकाष्ठारुप शान्ति प्राप्तगर्दछ । मनलाई नियन्त्रण गर्न सक्छ ।

द्धन्द्ध समाधानका साधन

व्यवस्थापन स्रोत साधनलाई आपसी द्धन्द्धमा फस्ननदिई समन्वय गराएर लक्ष्य प्राप्तिमा सफलता मिल्दछ भन्दछ । तर, श्रीमद्धभागवद्गीताले यो तथ्य व्यवस्थापन भन्ने विधा जन्मनु भन्दा हजारौ बर्ष पहिलानै प्रकाशित गरी सकेको थियो । गीता भन्छ ः कुनै पूर्वाग्रहबाट मुक्त भएमा मात्र कुनै पनि व्यक्ति वा घटना प्रति साँचो यथार्थ मूल्याङ्कन निष्कर्ष निकाल्न सकिन्छ । यसो गर्दा समन्वय र निर्णय यथार्थपरकर अपेक्षित हुन्छ । जसले गर्दा द्धन्द्ध उत्पन्न हुँदैन । भएको द्धन्द्ध पनि समाधान हुन्छ ।

यदा ते मोहकलिलं बृद्धिव्र्यतितरिष्यति

तदा गन्तासि निर्वेद श्रोतव्यस्य श्रृतस्य त । ५२। श्रीमद्धभागवद्गीता, अध्ययाय २

(यदा ते बुद्धि मोहकलिलम् व्यतितरिण्यति तदा श्रुतस्य च श्रोतव्यस्य निर्देदम्    गन्तासि ।)

निर्णय प्रकृया

लक्ष्य प्राप्तिका लागि स्रोत साधनमाथि के गर्ने, कसरी गर्ने, किन गर्ने, कति गर्ने, कहिले गर्ने, कुन मूल्यम ागर्ने, कोद्धारा गराउने भन्ने जस्ता निर्णय नै व्यवस्थापन हो । अनि त्यहि निर्णय चाँही कसरी गर्ने त ? भागवत् भन्छः कुनै पनि पूर्वाग्रह वा आशक्ति वा घृणा नपाली विषयवस्तु विश्लेषण गर्नेेले तत्सम्बन्धि सहि निष्कर्ष निकाल्छ र उत्कृष्ट निर्णय तयार पार्छ ।

रागद्धेषवियुक्तैस्तु विषयानिन्द्रियश्चरन् ।

आत्मवश्यैविधेयात्मा प्रसादमधि गच्छसत । ६४ । ऐ अ. २

(विधेयात्मा आत्मवश्यैः रागद्धेषवियुक्तैः इन्द्रियैः विषयान् चरु प्रसादम्  अधिगच्छति )

यसरी हेर्दा आजको २१ औं शताब्धिमा जे विधा वा प्रकृया वा कार्यलाई व्यवस्थापन भनिन्छ, जसमा निर्णय र नियन्त्रण मुख्य तत्व मानिन्छन् । त्यो तत्व त हजारौ वर्ष पहिला श्रीमद्धभागवद्गीतामा प्रष्ट पारिएको छ । तसर्थ व्यवस्थापन र भागवत् बीचमा आत्मज र जनकको सम्वन्ध छ भन्न सकिन्छ ।

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments