– प्र.से. कृष्ण पण्डित (अ.प्रा.)
माधवनारायण स्वस्थानी मेलामा
सालिनदी स्नान गरौँ यो पुण्य भूमिमा
पहाडको फेदीबाट बग्दै आईन् सालिनदी
वर्षैपिच्छे मेला लाग्छ माघ महिना भरी
घर घरै सबले भन्छन् स्वस्थानी कथा
सालिनदी स्नान गरौँ बुझेर यस्को गाथा
माधवनारायण स्वस्थानी मेलामा .....
विष्णुजीको सल्लाहमा पार्वती बसिन् स्वस्थानी व्रत
पति पाईन् शिवजी त गणेश भए पुत्र
सप्तऋषीको आग्रहमा गोमा व्रत बसिन्
त्यही व्रतको प्रभावले राजमाता बनिन्
माधवनारायण स्वस्थानी मेलामा .....
छोरा भए नवराज लावण्यको राजा
स्वस्थानीको चमत्कारले कस्तो भयो मोज
अप्सराले व्रत गर्ने यो पुण्य भूमिमा
प्रसादको हेला गर्दा चन्द्रावती परिन् दुःखमा
माधवनारायण स्वस्थानी मेलामा .....
स्वस्थानीको नाम लिए सबै पापी तर्छन्
प्रसादको हेला गर्ने सबै नरकमा पर्छन्
व्रत गरे स्वस्थानीको कस्तो हुने सुख
चन्द्रावती गोमाहरुको सबै गयो दुःख
माधवनारायण स्वस्थानी मेलामा
सालिनदी स्नान गरौँ यो पुण्य भूमिमा ।।
0 Comments
Thanks for your concerns