पूर्व शिक्षक एवं कम्युनिष्ट नेता केसीको निधन


माघ २ गते सोमवार

लावण्य/साँखु । पूर्व शिक्षक एवं साँखु क्षेत्रका पुराना कम्युनिष्ट नेता शम्भु केसीको यही माघ २ गते ५६ वर्षको उमेरमा बिहान निधन भएको छ । उहाँ हाल नेकपा एकीकृत समाजवादीका क्षेत्रिय सदस्य हुनुहुन्छ ।

उहाँको शवमा नेकपा समाजवादीको तर्फबाट पूर्व मन्त्री जीवनराम श्रेष्ठले पार्टीको झण्डा ओढाउनुभएको थियो ।

उहाँ अस्वस्थ भएपछि उहाँलाई टिचिङ हस्पिटल लगिएको थियो । उहाँको निधन त्रिवि शिक्षण अस्पतालमा भएको थियो ।

उहाँको शव दाहसंस्कारको लागि आर्यघाट लगिएको थियो । आर्यघाटमा नेकपा एकिकृत् समाजवादीका नेता कार्यकर्ताहरुको भीड लागेको थियो ।

उहाँ विद्यालयमा अध्ययन गर्दा अनेरास्ववियु (पाँचौ) वाट विद्यार्थी राजनीतिमा होमिनु भएको थियो । तत्कालिन नेकपा मालेमा सक्रिय केसी नेपाल सम्बत् र भाषिक समान अधिकारको आन्दोलनमा समेत सक्रिय थिए । उहाँ केही समय तत्कालीन प्रगतिशील साहित्यिक समाजमा समेत सक्रिय हुनुहुन्थ्यो । सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय उहाँ २०४६ को परिवर्तनको लागि भएको आन्दोलनमा नेकपा मालेको तर्फबाट साँखुमा कम्युनिष्ट झण्डा लिएर आन्दोलनमा होमिनुभएको थियो ।

२०४६ को परिवर्तन पछि नेकपा माले र नेकपा माक्र्सवादी मिलेर बनेको नेकपा एमालेमा सक्रिय केसी यस क्षेत्रका इमान्दार नेताका रुपमा चिनिनुहुन्छ । उहाँ केही समय अघि मात्रै बनेको नेकपा एकीकृत समाजवादीको क्षेत्रिय सदस्य हुनुभएको थियो ।

उहाँले २०४५ सालमा वनदेवी प्राथमिक विद्यालयवाट शिक्षण पेशा शुरू गरेका थिए । उहाँ तत्कालिन पंचायत ब्यवस्था विरूध्द लागेका कारण उहाँलाई शिक्षण पेशा अंगालेको सात महिना  पछि नै जबर्जस्ती हटाईएको थियो । २०५४ सालमा पुनः शिक्षण पेशा अंगालेका केसीले करीब डेढ दशक महेन्द्र राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षकको रुपमा काम गरेर  स्वेच्छिक अवकाश लिनुभएको थियो ।

उहाँका दुई छोरी, १ छोरा र श्रीमती छन् । उहाँको शवमा उहाँका छोरा रोसन केसीले दागवति दिनुभएको थियो ।

पूर्व शिक्षक एवं कम्युनिष्ट नेता केसीको निधनप्रति हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

Post a Comment

0 Comments