समानुपातिक तर्फ कुन दलले के कति मत पाए !
१२ मंसिर २०७९, सोमवार
लावण्य/साँखु । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार सोमबार बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।
समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म २५ लाख २५ हजार ९९ मत पाएको छ । नेपाली कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६९ हजार ७ सय ५८ र नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २ सय ७० मतसहित चौथो स्थानमा छ ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६ सय ३९ मत पाएको छ । त्यसैगरी छैठौँ स्थानमा रहेको जसपाले ३ लाख १९ हजार ४ सय ६८ मत पाएको छ भने सातौँमा रहेको जनमत पार्टीले २ लाख ५६ हजार ४६ मत पाएको छ ।
त्यस्तैगरी नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार २ सय ९२ मत पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ४२ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ४१ मत पाएको छ ।
नेपाल मजदुर किसान पार्टीले ७२ हजार ७ सय ६३ मत पाएको छ । हाम्रो नेपाली पार्टीले ५२ हजार ८ सय १४ मत पाएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनले ४५ हजार ५ सय ३९ मत पाएको छ भने राष्ट्रिय जनमोर्चाले ४४ हजार ७ सय ९८ मत पाएको छ ।
नेपाल संघीय समाजवादी पार्टी ३० हजार ९ सय ४१, नेकपा (माले) ले २६ हजार ६ सय ९३, राष्ट्रिय जनमुक्ति पार्टीले २२ हजार ६ सय ६२, नेपाल आमा पार्टीले १६ हजार ९ सय ४४, जनता प्रगतिशील पार्टीले १६ हजार ९ सय २३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १६ हजार २ सय ४०, नेपाली काँगे्रस बिपीले ११ हजार ३ सय ६९, बहुजन एकता पार्टी १० हजार ८ सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १० हजार ५ सय ३५ मत पाएका छन् । अन्य २३ दलको मत ९ हजार पुगेको छैन ।
0 Comments
Thanks for your concerns