जनादेश अनुरुप एमाले, माओवादीको परीक्षण हुनु आवश्यक

 


मुलुक केही समयको लागि राष्ट्रिय सभा सम्बन्धी अध्यादेशको बन्धक बनेको आभास मिलेको थियो यो अध्यादेश चुनाव हुनु महिना अघि नै सरकारले राष्ट्रपतिसमक्ष पठाएको भएतापनि राष्ट्रपतिले होल्ड गरिराखेका थिए

चुनावपछि एमालेले बहुमत ल्याएको अवस्थामा एमालेले बहुमतिय प्रणालीबाट राष्ट्रिय सभाको चुनाव होस् भन्ने चाहेको थियो हुनतः चुनाव अघि पनि यस विषयमा दलहरुबीच मतभेद भएपछि संसदको अधिवेशन सम्पन्न गरि मन्त्रिपरिषद्बाट पारित गरि राष्ट्रपति समक्ष पठाइएको हो यस विधेयकमा राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय प्रणालीमा गर्ने उल्लेख जुन एमालेको चाहना विपरीत थियो

सोही कारण राष्ट्रपतिले यस अध्यादेशलाई होल्ड गरेको देखिन्छ जुन संवैधानिक राष्ट्रपतिको भूमिका विपरित भयो भन्ने आरोप काँगे्रस लगायतका दलहरुले लगाएका थिए अझ अध्यादेश पारित गरियोस् भनेर सर्वोच्चमा मुद्दा समेत दायर भएको थियो

राष्ट्रपतिले पनि दलहरुको सहमति खोजिरहेको थियो त्यसपछि दलहरुले यस सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्नको लागि सर्वदलीय बैठक बसेतापनि कुनै निकास निस्किएको थिएन राष्ट्रपतिलाई अध्यादेश रोकेको कारण राष्ट्रिय सभाको चुनाव रोकेको सरकार गठनमा समेत समस्या निम्त्याएको आरोप लाग्ने अवस्था आईसकेको थियो त्यसमाथि अध्यादेश जारी गराउनको लागि मुद्दा समेत परेको थियो यसरी दबाव बढेपछि राष्ट्रपतिले अन्ततः अध्यादेश प्रमाणिकरण गरि जारी गरेको

यो अध्यादेश पारित भएसँगै नयाँ सरकार बन्ने बाटो पनि खुलेको तर पनि निर्वाचन आयोगले माघको तेस्रो सातातिर मात्रै प्रतिनिधि सभाको समानुपातिकको परिणाम घोषणा गर्न सकिने बताएको हुँदा नयाँ सरकार बन्नको लागि माघको अन्तिम सातासम्म कुर्नु नै पर्ने हुन्छ तर यसबीच अहिलेसम्मका घटनाक्रमलाई हेर्ने हो भने माओवादी केन्द्र एमाले मिलेर सरकार पार्टी एकीकरण समेत हुने हो वा एमाले मधेशवादी मिलेर सरकार गठन हुने हो भन्ने कुनै निस्कर्ष निकाल्नु हतारो हुने देखिएको

दलहरुबीच यस विषयमा धनीभूत छलफल भईरहेको हुँदा यसै भन्ने स्थिति रहेको छैन तर पनि जनादेश अनुसार एमाले माओवादी केन्द्र सम्मिलित सरकार बन्नु आवश्यक देखिन्छ भने प्रतिपक्षमा काँगे्रस रहनु आवश्यक यसले गर्दा शक्ति सन्तुलन पनि हुने वामगठबन्धनको परीक्षण पनि हुने हुँदा यो विकल्प सबैभन्दा उत्तम विकल्प हो भन्ने कुरामा दुईमत नहोला !

लावण्य सन्देश वर्ष अंक २८ को सम्पादकीयबाट

Post a Comment

0 Comments