यौनका कुरा



– प्रस्तुती ः नविना राई

यौन भित्रका यस्ता कुरा जान्नु किन आवश्यक छ ?

यौन आनन्दको पहिलो चरण चाहना अथवा इच्छालाई मानिन्छ । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने इच्छा हुनु पर्दछ । जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् । यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ ।

यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू थोरै कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उचालिएकोे, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ । सहवासको अन्तिम अवस्था भनेको समापन हो । यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तम्तयार हुन सक्छन् । तर महिलाको यौनांग त्यति चाँडै तयार हुन सक्दैन । यस्ता यौन सम्बन्धि कुरा बुझेर गरिएको यौन क्रियाले दुवैलाई फाइदा पुर्याउँछ । जसले पारिवारिक सम्बन्धमा समेत मेल गराउँछ । –एजेन्सी

सेक्सका अनौठा तथ्यहरु

सन् १९८३ मा प्लेब्वाय म्यागेजिनले पहिलोपल्ट यौन सम्बन्धि विश्वव्यापी विस्तृत सर्भे गरेको थियो । त्यसपछिका दिनमा यौन सम्बन्धि सर्भे र अध्ययन हुने क्रम निकै बढ्यो । सूचना प्रविधिको विकाशसँगै यस्ता सेक्स सर्भे आजभोलि सामान्य बनेका छन् र विभिन्न वेबसाइटहरू ले बेलाबेलामा यस्ता सर्भे गरेका अनौठा तथ्य बाहिर ल्याउने गरेका छन् । प्लेब्वायले फेरिपनि सेक्ससम्बन्धी सर्भे गरेको छ । उसले गरेको सर्भेका आधारमा पाइएका अनौठा र रोचक चार तथ्यहरू यसप्रकार छन् ।

१. ४३ प्रतिशत महिला आफ्नो श्रीमान वा ब्वायफ्रेन्ड हुँदाहुँदै पनि अरु केटासँग अनलाइन डेटिङ गर्छन् ।

२. ५९ प्रतिशत महिला सम्भोगका बेला आफ्नो पार्टनरलाई बढि उत्तेजित बनाउनका लागि आफु चरमोत्कर्षमा पुगेको अभिनय गर्छन् । जबकी महिलाहरू लाई चरमोत्कर्षमा पुग्न पुरुषहरू लाई भन्दा धेरै समय लाग्छ ।

३. धेरै महिलाहरूलाई यौनसम्पर्कका दृश्य क्यामरामा कैद गर्ने चाहना हुन्छ । अध्ययनले के देखाएको छ भने विकशित देशमा ४९ प्रतिशत महिलाले आफ्नो यौन सम्पर्कका पलहरूलाई क्यामरामा कैद गर्ने गरेका छन् । पुरुषहरू भने सम्भोगका बेला क्यामरा चलाउन उतिसारो रुचि राख्दैनन् । केबल ३२ प्रतिशत पुरुषले मात्र सम्भोगका क्षणहरूलाई क्यामरामा कैद गर्छन् ।

४. सयमा ५६ जना पुरुषले आफ्नी गर्लफ्रेन्ड वा श्रीमतीको अलावा अरु कुनै केटीसँग यौनसम्पर्क गर्ने गर्छन् ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments