२३ कार्तिक २०७९, बुधवार
लावण्य/साँखु । न्युयोर्क राज्यसभामा लगातार १३ पटक जितेका प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली मूलकी सरहना श्रेष्ठ विजयी हुनुभएको छ ।
अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक श्रष्ठ विजयी हुनुभएको हो ।
रिपब्लिकन पार्टीका उम्मेदवार केभिन चहिललाई पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ । उहाँले ७ हजार ७ सय २ मत प्राप्त गर्नुभएको थियो । १३ पटकसम्म त्यस ठाउँबाट विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मतले पछि परेका थिए ।
काठमाडौँमा जन्मिएकी श्रेष्ठ सन् २००१ मा ग्राफिक्स डिजाइन पढ्नका निम्ति न्युयोर्क पुगेकी थिइन् । उहाँले सन् २०१९ मा अमेरिकी नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँ जलवायु परिवर्तनबारे वकालत गर्ने अधिकारकर्मी समेत हुन् । –एजेन्सी
0 Comments
Thanks for your concerns