साँखु जेसीजमा गणेश दुलाल अध्यक्ष चुनिए






१० मंसिर २०७९, शनिवार

लावण्य/साँखु । साँखु जेसीजको २२ औँ वार्षिक साधारणसभा एवं शाखा अधिवेशनबाट गणेश दुलाल अध्यक्षमा चुनिएका छन् ।

त्यसैगरी कार्यकारी उपाध्यक्षहरुमा पवन श्रेष्ठ र मनिष दुलाल चुनिएका छन् । उपाध्यक्षहरुमा स्वेच्छा लाकौल श्रेष्ठ, रेखा दाहाल दुलाल, ओविन श्रेष्ठ, अमित केसी चुनिएका छन् ।

त्यसैगरी महासचिवमा रणबहादुर स्याङ्तान मनोनित भएका छन् भने कोषाध्यक्षमा निरज श्रेष्ठ मनानित भएका छन् ।

अरु थप विभागहरु क्रमश गठन गरिने जानकारी अध्यक्ष जयराम श्रेष्ठले दिनुभएको छ ।

Post a Comment

0 Comments