२३ कार्तिक २०७९, बुधवार
लावण्य/साँखु । यही मंसिर ४ गतेको आम निर्वाचनको सिलसिलामा साँखु बजारको केन्द्र विन्दु चलाखु टोलमा दलहरुले आमसभा गर्दैछन् ।
यही कार्तिक २८ गते बाम लोकतान्त्रिक गठबन्धनले चलाखु टोलमा आमसभा गर्दैछ भने कार्तिक ३० गते नेकपा एमालेले सोही ठाउँमा आमसभा गर्दैछ । मंसिर १ गते राप्रपाले पनि सोही ठाउँमा आमसभा गर्दैछ ।
दलहरुले प्रमुख अतिथि एवं वक्ताहरुको तय भने गरिसकेको छैन ।
त्यसैगरी नेमकिपाले कार्तिक २२ गते बिहान चलाखु टोलमा कोणसभा गरिसकेको छ । नेमकिपाको कोणसभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल श्रेष्ठ, प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु कमलबहादुर डंगोल र राम प्रसाद भट्टराईले एमसीसी र एसपीपीको विरोध गर्दै आम जनतालाई नेमकिपको मादल चिन्हमा मतदान गर्न अपिल गरेका थिए । आमा चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार पुण्य प्रसाइँले कार्तिक २१ गते साल्खाटोलमा चुनावी कोणसभा गरेको थियो । प्रसाईको सभामा प्रमुख वक्ता प्रसाई आफै थिए ।
अहिले साँखु बजारमा प्रत्येक दिन उम्मेदवारहरु घुम्न आईरहेका छन् ।
मतदातासँग मत मागिरहेका छन् भने कतिपयले मतदातासँग भलाकुसारी समेत गरिरहेका छन् ।







.jpg)








0 Comments
Thanks for your concerns