१२ कार्तिक २०७९, शनिवार
लावण्य/साँखु । तरेली साहित्य प्रतिष्ठानको ८९ औँ श्रृंखला भाग्योदय माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भएको छ ।
तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ “शैलेन्द्र” को सभापतित्वमा भएको सो श्रृंखलामा राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद दुलाल प्रमुख अतिथि बनाइएका थिए ।
सचिव कान्छाप्रसाद तिवारीले संचालन गरेको सो कार्यक्रममा बालचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको थियो । उक्त कार्यक्रममा करीब ३ दर्जन रचनाकारहरुको सहभागिता रहेको थियो । जीत बुढाथोकी, भिमबहदुर शाही, जयकला शाही, सुमिना नगरकोटी, रितु श्रेष्ठ, अविसर गिरी, अप्सरा गिरी, लक्ष्मी खड्का, तेन्जिङ शेर्पा, एलिना कार्की, सन्दीप परियार, अच्युत प्याकुरेल, रमेश भट्टराई “पुजारी”, महेशकुमार वाग्ले, केशव प्रसाद घिमिरे, बालचन्द्र श्रेष्ठ, इच्छाराम थापा, राजेश श्रेष्ठ,प्रकाश मान सक्व, कान्छाप्रसाद तिवारी, रामप्रसाद दुलाल, रामेश्वर श्रेष्ठले रचना वाचन गर्नु भएको थियो । अमृतानन्द बज्राचार्यले बज्रयोगिनीको साँस्कृतिक लेख वाचन गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा युधिष्ठिर बानियाँ, गङ्गा श्रेष्ठ, विनिता अधिकारी, गोकर्णबहादुर शाही, राजिप रोक्का, सुजन शाही, रिना खड्का, गङ्गा खड्का, जमुना खड्काको उपस्थिति थियो ।
राष्ट्रिय मा. वि. इन्द्रायणीमा कार्तिक ४ गते भएको कविता वाचन प्रतियोगितामा प्रथम हुने भीमबहादुर शाही, द्वितीय हुने जीत बुढाथोकी, तृतीय हुने अविसर गिरी र सान्त्वना पुरस्कार प्राप्त गर्ने एलिना कार्की र लक्ष्मी खड्कालाई क्रमश नगद १५००÷–, १०००÷–, ५००÷–, र १००÷– का साथै प्रमाणपत्र, पुस्तक र कापी प्रदान गरिएको थियो ।
0 Comments
Thanks for your concerns