साँखु पालुवारीमा आयुर्वेदिक अस्पताल र रेकी ध्यान केन्द्र बन्ने !, रेकी ध्यान केन्द्र र उद्यानको लागि ई. श्रेष्ठले २० लाख दिने !

साँखु पालुवारीमा आयुर्वेदिक अस्पताल र रेकी ध्यान केन्द्र बन्ने !

रेकी ध्यान केन्द्र र उद्यानको लागि ई. श्रेष्ठले २० लाख दिने !


लावण्य/साँखु । यही असोज २१ गते शुक्रवार साँखुका समाजसेवी ई. राजदास श्रेष्ठले श्रीकृष्ण प्रणामी आश्रममा पुगेर श्री कृष्ण प्रणामी मन्दीर साँखुका संस्थापिका विदुषी माता सपना देवी श्रेष्ठ मार्फत् पालुवारी स्थित “किसान एग्रो फार्म”का संचालक  धर्मराजलाई अग्रिम पेश्की हस्तान्तरण गर्नुका साथै

उहाँ मार्फत् पहिलो सुन्तलाको बोट विदुषी माता सपना देवी श्रेष्ठलाई हस्तान्तरण गरियो ।

यो योजनाको विस्तृत जानकारी यस्तो रहेको छ –

श्रीकृष्ण प्रणामी मन्दिर अन्तरगत साँखु सक्व देय् शंखरापुर नगरपालिका वडा नं. ५ पालुवारीमा निर्माण हुन गईरहेको आयुर्वेदिक अस्पताल क्षेत्रभित्र साँखु निवासी ई. राजदास श्रेष्ठले आफ्नो नीजि खर्चमा एक फलफूल उद्यान र रेकी उपचार केन्द्र बनाउने कुरा भएकोछ ।

करीब २० लाख रुपैयाको अनुमानित बजेटमा सर्वप्रथम एक सुन्तला बगैँचा निर्माण हुनेछ । यसको लागि पालुवारी स्थित एग्रो कृषि फार्मबाट १ सय बोट सुन्तलाको बिरुवा अर्डर भै सकेको र उक्त बिरुवा आगामी २०८० साल असार महिनामा लगाईनेछ ।



उक्त उद्यानभित्र एक रमणीय फुलवारीको साथै श्रीकृष्ण भगवानको प्रतिमा सहितको एक कमलपोखरी पनि निर्माण गरिनेछ र नजिकै राजहंस क्रिडाको लागि एक सानो अर्को पोखरी पनि बनाईनेछ ।

यस उद्यान समिपमा एक रेकी उपचार सेवा केन्द्र खालिनेछ जहाँ कुनै औषधी बिनाको आध्यात्मिक उपचार सेवा (रेकी) प्रदान गरिनेछ ।

ई. राजदास श्रेष्ठ स्वयंले सो उपचार सेवा प्रदान गर्नेछ र समय समयमा अन्य प्रशिक्षकहरु पनि आमन्त्रण गरेर रेकी सेवा संचालन गरिनुको साथै बेला बेलामा योगाभ्यास र योग शीविरहरु पनि आयोजना गरिनेछ ।

यस बाहेक उक्त उद्यानमा श्रीकृष्ण प्रणामी मन्दिर अन्तरगत निर्माण हुन गईरहेको आयुर्वेदिक अस्पतालको लागि उपयुक्त हुन सक्ने विभिन्न प्रकारका जडीबुटी र बिरुवाहरु पनि रोपिने छ । जस्तै ः तेजपात, नीम, अमला, अम्बा, मिन्ट (नवघाँय्) खोल्चा घाँय्, तुलसी आदि ।

सोही उद्यानमा मह उत्पादनको लागि केही मौरीका घारहरु पनि राखिनेछ ।

आश्रमको लागि आवश्यक दुध र फलफूल उद्यानको लागि गोबरबाट अर्गानिक मल उत्पादन गर्न गाई वस्तु पाल्ने पनि बन्दोबस्त गरिनेछ ।

यस बाहेक उक्त वन–वाटिकामा एक आध्यात्मिक स्वास्थ्य विज्ञान सम्बन्धित पुस्तकालय पनि रहनेछ । यो सम्पूर्ण संरचना ई. राजदास श्रेष्ठले आफ्ना दिवंगत माता पिता अस्तमाया श्रेष्ठ र तुल्सिदास श्रेष्ठको नाममा समर्पण गर्नेछ ।

यस आयुर्वेदिक अस्पताल भित्रको रेकी ध्यान केन्द्रनिर्माणको विषयमा ई. राजदास श्रेष्ठले हामीमार्फत् आम जनसमुदायमा खुलासा गर्नुभएको हो ।


Post a Comment

1 Comments

Thanks for your concerns