राप्रपाबाट काठमाडौँ क्षेत्र नं. २ को प्रदेश “ख” मा राजु विष्ट सिफारिश
१६ असोज २०७९, आईतवार
लावण्य÷साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीको यही असोज १२ गते बसेको काठमाडौँ क्षेत्र नं. २, प्रदेश “ख” को प्रदेश समितिको बैठकले क्षेत्रिय अध्यक्ष राजु विष्टलाई काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख”को प्रदेश सदस्यको लागि सर्वसम्मतरुपमा सिफारिश गरेको छ ।
यो सिफारिशसँगै काठमाडौँ क्षेत्र नं. २ प्रदेश “ख” मा राजु विष्टको उम्मेदवारी पक्का भएको महसुस स्थानीयले गरेका छन् ।
गिजोलिएको काठमाडौँ –२
काठमाडौँ क्षेत्र नं. २ ले प्रायः टुरिस्ट उम्मेदवारलाई जिताउँदै आएको छ । यस क्षेत्रमा २०४६ को परिवर्तन पछि स्व. मदनकुमार भण्डारी, वर्तमान राष्ट्रपति विद्या भण्डारी, स्व. मनमोहन अधिकारी, नारायण ढकाल, प्रदिप नेपाल, झक्कुप्रसाद सुवेदी, माधवकुमार नेपाल, दिपकप्रसाद कुईकेल र पुनः माधवकुमार नेपाललाई विजयी भएको छ ।
यस क्षेत्रमा गठबन्धनको तर्फबाट यसपटक नेकपा एमाओवादी र एसमाजवादीले प्रबलरुपमा संघीय सांसदमा दावी गरेको छ भने नेपाली काँगे्रसले पनि आफ्नो दावी छाडेको छैन । सम्भवतः यस क्षेत्रमा संघीय सांसद काँगे्रसले पाएमा प्रदेश “क” समाजवादीले र प्रदेश “ख” माओवादीले पाउने आशा गरिएको छ । माओवादी वा समाजवादीले संघीय साँंसद पाएमा भने प्रदेश “क” काँगे्रसले र प्रदेश “ख” माओवादी वा समाजवादीले पाउने चर्चा छ ।
२०७४ को आम निर्वाचनमा काठमाडौँ २ को प्रदेश “क” मा प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र “ख” मा मणिराम फुयाल निर्वाचित भएका थिए । यस पटक मणिराम फुयाल नेकपा एमालेबाट संघीय सांसदमा उम्मेदवारी दिँदैछन् भने यस क्षेत्रमा राप्रपासँग तालमेल हुने अवस्थामा प्रदेश “ख” राप्रपालाई र प्रदेश “क” एमालेलाई लिने सहमति भएको कुरा बाहिर आएको छ ।
सोही सहमतिका कारण राप्रपाबाट एकल सिफारिश भएतापनि राजु विष्टले उम्मेदवारी पाउने हो कि होईन अन्यौल भएको छ यही अन्यौलका बीच राप्रपा काठमाडौँ २ प्रदेश “ख” समितिले सर्वसम्मतरुपमा राजु विष्टलाई उम्मेदवारीका लागि सिफारिश गरेको हो ।


0 Comments
Thanks for your concerns