कमलबहादुर विष्ट स्मृति पुरस्कार सम्पादक पवनलाल श्रष्ठलाई प्रदान गरियो



– कृशु श्रेष्ठ –

यस वर्षको “कमलबहादुर विष्ट स्मृति पुरस्कार” सम्पादक पवनलाल श्रेष्ठ लाई प्रदान गरियो ।

८ असोज २०७९, शनिवार

लावण्य/साँखु । साँखु बाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका पत्रकार सम्पादक पवनलाल श्रेष्ठ यस वर्षको “कमलबहादुर विष्ट स्मृति पुरस्कार” बाट सम्मानित हुनुभएको छ । उहाँलाई यही असोज ८ गते शनिवार एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो ।

उहाँलाई सो पुरस्कार संस्थाका अध्यक्ष राजु विष्ट र संरक्षक मिश्रीमाया विष्टले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण समारोहमा संस्थाका संस्थापक कवयित्री गायत्री विष्टले भन्नुभयो– “यो पुरस्कार बुबाको ईच्छा अनुसार बुबाले नै अक्षयकोषका रुपमा राखिदिएको पैसाबाट दिईएको बताउनुभएको छ ।”

उहाँका अनुसार यो पुरस्कार घोषणा गर्न भूकम्पका कारण बुबा हुँदा नै घोषणा गर्न सकिएको थिएन । भूकम्प पछि घर भत्कियो जसले गर्दा झनै मुश्किलको सामना गर्नुप¥यो र पुरस्कार दिने विषयमा सोच्न सकिएन । जसले गर्दा पुरस्कार स्थापना गर्न बुबा बितिसकेपछि मात्रै साईत जु¥यो र बुबाको पुण्यतिथिमा प्रत्येक वर्ष पुरस्कार दिइने गरि गत वर्षबाट यो पुरस्कारको स्थापना गरिएको हो ।

स्व. कमलबहादृुर विष्ट नृत्य, संगित, साहित्यमा रुची राख्ने भएकैले यो पुरस्का विभिन्न विधामा दिने निर्णय भएको समेत उहाँले प्रकाश पार्नुभयो ।

पुरस्कृत व्यक्तित्व पवनलाल श्रेष्ठले आफुलाई २० वर्षभन्दा धेरै सक्रिय पत्रकारिता गरेवापत दिइएको यो पुरस्कारको भारी गहु्रंगो अनुभव भएको बताउनुभयो । उहाँले भन्नुभयो कुनै पनि पुरस्कार राशी कति छ भन्दा पनि त्यो पुरस्कारको ओज कति छ भन्ने विषयले महत्व पाउनुपर्छ । त्यसैले आफुलाई यो पुरस्कार प्रदान गरिँदा खुशी लागेको बताउनुभयो ।

उहाँलाई सो पुरस्कार काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगमा आधारित भएर दुई दशक अघिदेखि निरन्तर सक्रिय पत्रकारिता गरे वापत सो पुरस्कार प्रदान गरिएको हो ।

उहाँले पत्रकारिता क्षेत्रमा लागेर यस क्षेत्रको ईतिहास, पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति एवं यस क्षेत्रको प्रचार प्रसारमा योगदान पु¥याउनुभएको छ । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ ।

श्रेष्ठ स्थानीयस्तरमा पत्रकारिता क्षेत्र अगाडि बढोस् भन्ने चाहना राख्नुहुन्छ । उहाँले नेपाल पे्रस युनियन मार्फत् र्२ पटक र लावण्य सन्देश मार्फत् १ पटक आधारभूत रेडियो एवं छापा माध्यमको पत्रकारिता सम्बन्धी तालिमको व्यवस्था समेत गर्नुभएको छ । आम सर्वसाधारणले पत्रकारिता तालिम लिएर लेखन शैलीमा परिवर्तन गरोस् भन्ने चाहना उहाँको थियो ।

बिभिन्न सामाजिक संघसंस्थाहरुमा सक्रिय श्रेष्ठ नेपाल पे्रस युनियन साँखु शाखाका संस्थापक अध्यक्ष एवं हाल वागमती प्रदेशका पार्षद् हुनुहुन्छ । त्यसैगरी २०७६ सालमा स्थापित नेवाः पत्रकार कोषका संस्थाका सह–कोषाध्यक्ष हुनुहुन्छ भने नेवाः पत्रकार राष्ट्रिय दबुका काठमाडौँ जिल्ला पार्षद् हुनुहुन्छ ।

गत वर्ष यो पुरस्कार ईतिहासविद् एवं लावण्य सन्देश साप्ताहिकका नियमित स्तम्भकार प्रकाशमान “सक्व” लाई प्रदान गरिएको थियो ।

यस पु्रस्कारमा नगद रु. १५ हजार र सम्मान पत्र प्रदान गरिनेछ ।

“कमलबहादुर विष्ट स्मृति पुरस्कार” संस्थाका अध्यक्ष राजु विष्टले यो पुरस्कार विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्न स्थापना गरिएको बताउनुभएको छ ।

Post a Comment

0 Comments