![]() |
photo Ratna Shrestha |
६ असोज २०७९, बिहीवार
लावण्य/साँखु । रातोपाटी डटकमका वरिष्ठ संवाददाता शम्भु दंगाल २०७९ सालको ‘प्रेस काउन्सिल यूवा पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबाट उहाँ पुरस्कृत हुनुभएको हो ।
प्रेस काउन्सिल नेपालले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत उहाँलाई पुरस्कृत गरिएको हो । २०६२ सालदेखि पत्रकारितामा आबद्ध दंगालले छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको अनुभव सँगाल्नुभएको छ ।
उहाँ शंखरापुर–१ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले साँखु र शंखरापुर नगरपालिकाका समस्याहरु यहाँका मठ मन्दिर एवं नगरपालिकाका गतिविधिबारे रिपोर्टिङ्ग गर्दै आउनुभएको छ । उहाँले पुरस्कार प्राप्त गर्दै गर्दा यस भेगका स्रोता एवं पाठकवर्ग खुशी देखिएका छन् ।
पत्रकारिता तथा कानुनका विद्यार्थी रहेका उहाँले ।पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएको छ । रातोपाटी डटकममा २०७३ सालदेखि आवद्ध उहाँले संसदीय मामिला, निर्वाचन आयोगलगायतका विधामा रिपोर्टिङ गर्दै आउनुभएको छ ।
#news source ratopati.com
0 Comments
Thanks for your concerns