पूरा होला त लोकेश ढकालको संसद सपना ? !




काठमाडौं २ बाट लोकेश ढकालले टिकट पाएमात्र चुनाव जित्ने स्थानीयको दाबी

लावण्य/साँखु । काठमाडौं क्षेत्र नम्बर २ मा लोकेश ढकालको नाम सिफारिस भएको छ ।

२०५३ सालको उप निर्बाचन र २०५६ सालको आम निर्बाचनमा तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ बाट संसदीय निर्बाचनमा प्रतिस्पर्धा गरिसकेका नेता ढकालले काठमाडौं क्षेत्र नम्बर १, २, ३, ४ बाट सिफारिस हुँदा समेत २०६४ र २०७० सालको निर्बाचनमा अवशरबाट बञ्चित हुनु परेको थियो ।

२०७४ सालको निर्बाचनमा प्रदेश सभा निर्बाचन प्रदेश सभाबाट उम्मेद्वार बनेका ढकाल पछिल्लो २०७९ सालको सरकारले घोषणा गरेको निर्बाचनमा संघीय क्षेत्रमा प्रमुख दाबेदारका रुपमा देखिएका छन् ।

नेता ढकाल बाहेक दिपक कुईंकेल, कविर शर्मा र मनिष कोईरालाको नाम पनि काठमाडौं २ बाट प्रतिनिधि सभामा सिफारिस भईसकेको छ ।

लेखन, शाहित्य, पत्रकारीता, मानव अधिकारका क्षेत्रमा लामो समयदेखी संलग्नता भएका नेता ढकाल काँग्रेसभित्र बौद्धिक ब्यक्तीत्व पनि भएका कारण टिकट पाए काठमाडौं क्षेत्र नम्बर २ बाट काँग्रेसले चुनाव जित्ने स्थानीय काँग्रेसजनको बुझाई छ । १४ औं महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित अहिले पनि युवा नेताकै रुपमा चिनिने नेता ढकाल २०५१ सालको आम निर्बाचन लड्दा ३३ बर्षकामात्र थिए ।

गठबन्धनका तर्फबाट एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले रौतहटबाट निर्बाचन लड्ने निश्चित भएका कारण काठमाडौं २ मा काँग्रेसकै भागमा पर्ने प्रवल सम्भावना देखिन्छ ।

राजनैतिक ईतिहास लामो भएर पनि भाग्यले ठगेका ढकालको सांसद बन्ने सपना यसपाली पूरा होला त !?

Post a Comment

0 Comments