– इच्छाराम थापा “धड्कन”, खुलालटार
यो मन जान्छ टाढा टाढा सधैँ तिम्रो सम्झनामा
ढुकढुकी बढ्छ हरेक पल सधैँ तिम्रो सोचाईमा
दिल लोभ्याउने गछ्र्यौ तिमी आफ्नै कलाले सन्देश मेरो सुन
हरेक मोडमा ठोकिँदा पनि आशा गर्छु खुशी साथ बाँच न
खोजी हिँड्ने कहाँ तिमीलाई दिलमै तिम्रो सुन्दरता छ
पिडा लिई बाँच्ने कति जीवन तिम्रो प्रतिक्षामा छ ।
0 Comments
Thanks for your concerns