घाँसी कविता भानुभक्तले लेखेकोमा शंका गर्ने ठाउँ छ– ओली


ओली भन्छन्– घाँसी कविता भानुभक्तले लेखेकोमा शंका गर्ने ठाउँ छ

२०७९ असार २९ गते

लावण्य/साँखु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्चित ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा शंका व्यक्त गर्नुभएको छ । भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उहाँले यो कविता मोतिराम भट्टले लेखेको हुन सक्ने आशय प्रकट गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘घाँसी कवितामा शंका गर्ने ठाउँ छ । तनहुँको घाँसीकुवाको आसपासमा घाँसी भएर काम गर्ने प्रचलन थियो कि थिएन ? घाँसी शब्द त्यहाँ थियो कि थिएन ? घाँस काटेर बेच्ने काम त त्यतिबेला शहरबजारमा हुने हो । गाई पाल्ने, घोडा पाल्ने बनारस जस्तो ठाउँमा चल्ने कुरा हो ।’

उहाँले थपे, ‘भानुभक्तले वरपिपलको छायाँमा बसेर घाँसी लेखे कि बनारसमा मोतिराम भट्टले लेखे शंका गर्ने ठाउँ छ । भानुभक्तका धेरै रचनाको संकलन मोतिराम भट्टमार्फत भएको छ । मोतिरामले भानुभक्तलाई समिक्षामक दृष्टिले भन्दा पनि गुरुभक्तिको दृष्टिले हेर्थे । परम गुरु मान्थे । त्यसैले मोतिरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइन्छ ।’

ओलीले भानुभक्तको सबैभन्दा ठूलो योगदान रामायणको अनुवाद भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उनको महत्वपूर्ण कुरा भनेको रामायणको अनुवाद । यो चैं भानुभक्त आफैंले गरेको हो । यसको रचना केही तनहुँमा भयो केही जेलमा भयो ।’

Post a Comment

0 Comments