साउन १२, २०७९
साँखु/लावण्य । पछिल्लो २४ घण्टामा ७१० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ५४१ पीसीआर र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २१५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ। उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन्।
0 Comments
Thanks for your concerns