२०७९ असार ८ गते
लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ ।
उहाँका धर्मपत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपरान्ह निधन भएको जानकारी भक्तपुर नगरपालिका–९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले दिनुभएको छ ।
रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो । सुवेग र सुवानगरी उनका दुई छोरा छन् ।
लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत रहेकी प्रधानको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।
0 Comments
Thanks for your concerns