लावण्य/साँखु । स्थानीय तहको निर्वाचन सकिएलगत्तै हुन लागेको काठमाडौँ जिल्ला समन्वय समितिको निर्वाचनमा कस्ले जित्ला भन्ने अड्कलबाजी सुरु भएको छ ।
काठमाडौँ जिल्लामा जिससको लागि मेयर उप मेयरहरु मात्रै मतदाता हुने भएकोले ११ वटा स्थानीय तहबाट २२ जना मतदाताहरुको स्थिति यसप्रकार रहेको छ ।
क) काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (स्वतन्त्र), उप मेयर सुनिता डंगोल (नेकपा एमाले)
ख) कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की (नेपाली काँगे्रस), उप मेयर शान्ता थापा (नेकपा एमाले)
ग) बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी (नेकपा एमाले), उप मेयर अनिता लामा (नेकपा एमाले),
घ) शंखरापुर नगरपालिका मेयर रमेश नापित (राप्रपा) उप मेयर समिता श्रेष्ठ (नेपाली काँगे्रस)
ङ) गोकर्णेश्वर नगरपालिका मेयर दिपक कुमार रिसाल (नेपाली काँगे्रस) उप मेयर सान्नानी लामा (नेकपा एमाले)
च) तारकेश्वर नगरपालिका मेयर कृष्णहरी महर्जन (नेपाली काँगे्रस) उप मेयर सृजना बुर्लाकोटी (नेपाली काँगे्रस)
छ) टोखा नगरपालिका मेयर प्रकाश अधिकारी (नेकपा एमाले) उप मेयर मुरारी तामाङ्ग (नेपाली काँगे्रस)
ज) दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेत (नेपाली काँगे्रस) उप मेयर बसन्ती तामाङ (नेपाली काँगे्रस)
झ) चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरी (नेपाली काँगे्रस) उप मेयर बसन्ती श्रेष्ठ (नेकपा एमाले)
ञ) किर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मी (नेपाली काँगे्रस) उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता शाक्य)(रुख चिन्ह लिएर जसपा नेपालबाट उम्मेदवार)
ट) नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेत (नेपाली काँगे्रस) उप मेयर सुशिला अधिकारी (नेकपा एमाले)
नेपाली काँगे्रस – ११
नेकपा एमाले – ८
जसपा – १
राप्रपा – १
स्वतन्त्र – १
यो माथिको डाटा अध्ययन गर्दा नेपाली काँगे्रस एक्लैले जिल्ला समन्वय समितिमा जित्न सक्दैनन् तर कुनै पनि एउटा दल वा १ जना स्वतन्त्र उम्मेदवारको समर्थन पाएमा भने जिल्ला समन्वय समितिमा जित्छन् । तर नेपाली काँगे्रसलाई हराउन भने सबै मिलेर पनि सक्दैनन् बराबरीमात्र गर्न सक्छन् । जहाँसम्म जसपाको कुरा छ उनले रुख चिन्ह नै लिएर चुनावमा उठेको कारण र गठबन्धनका कारण पनि नेपाली काँगे्रससँग समन्वय गरेरै जिससमा भागवण्डा सुनिश्चित गर्नेछ । काठमाडौँ जिल्लामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको उपस्थिति नै छैन ।
0 Comments
Thanks for your concerns