भारतको सर्वोच्च अदालतले यौन व्यवसायलाई पेशाको मान्यता दियो : यौनिकर्मीलाई पक्राउ नगर्न, सजाय नदिन आदेश



साँखु/लावण्य । भारतको सर्वोच्च अदालतले यौनि व्यवसायलाई पेशाका रूपमा मान्यता दिएको छ । वेश्यिालयमा छापा मार्दा यौनिकर्मीलाई पक्रिाउ गर्न वा सजाय दिन नहुने कुरा अदालतले प्रष्ट पारेको हो ।

अदालतले आफ्नो आदेशमा वयस्क र सहमतिमा हुने यौनिकर्मीको काममा हस्तिक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएको छ । अदालतले उनीहरूमाथि फौजदारी मुद्दामा कारबाही गर्न नहुने बताएको हो । सर्वोच्च अदालतले यौनि व्यवसायलाई पेशाका रूपमा मान्यता दिँदै यस्तो निर्देशन जारी गरेको हो ।

अदालतका अनुसार यो पेशालाई पनि कानुनले सम्मान र संरिक्षण दिनुपर्छ । द हिन्दुको समाचारका अनुसार सर्वोच्च अदालतको नयाँ आदेश अनुसार यदि कुनै यौनिकर्मी वयस्क छ र आफ्नो इच्छाले यो पेशामा लागेको छ भने प्रहरीले उत्पीडन गर्न सक्दैन् ।

भारतको सर्वोच्च अदालतले आफ्नो आदेशमा संविधानको मौलिक हकलाई उल्लेख गर्दै धारा २१ को उल्लेख गरेको छ । भारतमा प्रयोग भएका नजिरले नेपालमापनि प्रभाव जमाउँदै आएको छ । यस फैसलाको असर नेपालमापनि के कस्तो ढंगल पर्छ हेर्न बाँकी छ ।

Post a Comment

0 Comments