सामाजिक र आर्थिक समृद्धिकोलागि काँग्रेसलाई मतदान – कार्की



मलाई लाग्छ युवाहरुकै मतले म विजयी हुन्छु । किनकी मैले युवाहरुसँग मिलेर काम गर्ने अवसर पाएको छु । उनीहरुको भावना बुझेर परिवर्तनका एजेण्डा बोकेको छु ।
“हामीलाई सेवा गर्ने मौका दिनोस् हामी समृद्ध कागेश्वरी मनहरा नगरपालिका दिन्छौँ । – कार्की




(गत स्थानीय तह निर्वाचन २०७४ मा उम्मेदवार बन्दै गर्दा नेपाली काँगे्रसबाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरमा उम्मेदवारी दिनुभएका नेपाली काँगे्रसका नेता उपेन्द्र कार्कीसँग त्यत्तिबेला चुनाव अगाडि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । आम जनताले आफुले मतदान गरेका नेताले के गरे गरेनन् छुट्याउन सजिलो हुने अपेक्षा हामीले लिएका छौँ । यसपटक पनि कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काँगे्रसको तर्फबाट उहाँ मेयर पदका प्रत्यासी हुनुहुन्छ । सम्भवतः उहाँ गठबन्धनको तर्फबाट यो पटक चुनावमा जानुहुन्छ । सम्पादक)

(काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगकै शहरोन्मुख नगरपालिका कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काँगे्रसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिनुभएका नेपाली काँगे्रसका क्षेत्रिय सभापति उपेन्द्रकार्की बुबा गोविन्दबहादुर कार्की र आमा सरिता कार्कीको कोखबाट वि.सं. २०३१ सालमा मूलपानीमा जन्मिनुभएको हो ।

उहाँ २०४७ सालदेखि नेविसंघ मार्फत् राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँ नेपाली काँगे्रसको ११ औँ महाधिवेशनमा क्षेत्रिय सचिवमा , १२ महाधिवेशनमा क्षेत्रिय सभापति र १३ औँ महाधिवशेनमा पनि क्षेत्रिय सभापतिमा विजयी हुनुभएको थियो ।

राजनीतिमार्फत् आम जनतासँगै रहेर जनताको भावना बुझेर नै मुलुक र स्थानीय क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा होमिनुभएका कार्कीसँग वर्तमान राजनैतिक अवस्था र कागेश्वरी मनहरा नपाको समस्याका विषयमा भएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।–सम्पादक)

त्र कागेश्वरी मनहरा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ । तपाइँको जित्ने आधार के होला ?

ं यो नगरपालिका ६ वटा गाविसहरु मिलेर बनेको नगरपालिका हो । श्रद्धेय नेता प्रकाशमान सिंह स्थानीय विकास मन्त्री हुनुहुँदा उपत्यकालाई गाविस विहिन गर्ने घोषणासँगै यस नगरपालिकाको पनि घोषणा भएको हो ।

यो नगरपालिकामा मैले आफूले सकेको जनतासँग बसेर जनताका सुख दुःखमा साथ र सहयोग लिएको दिएको छु । यसैले नै मलाई जनताले साथ दिन्छन् जस्तो लाग्छ । मुलुकमा धेरै किसिमका परिवर्तन भईसक्यो । र स्थानीय निकायको निर्वाचन नभएकै २० वर्ष भईसक्यो । यस बीचमा पहिलो पटक मतदान गर्ने र युवाहरु नै करिब ५० प्रतिशतको हाराहारीमा पुगिसकेको छ । मलाई लाग्छ युवाहरुकै मतले म विजयी हुन्छु । किनकी मैले युवाहरुसँग मिलेर काम गर्ने अवसर पाएको छु । उनीहरुको भावना बुझेर परिवर्तनका एजेण्डा बोकेको छु । मैले सर्वदलीय प्रतिनिधि भएर काम गर्दा पनि जनतासँग प्रत्यक्ष संलग्नता हुने योजनाहरु कार्यान्वयन गरेको छु ।

हुनतः मैले अहिलेसम्म जनताको प्रत्यक्ष मत लिएर जनताको सेवा गर्ने अवसर पाएको छैन । तर प्रथम पटक नै भएपनि यो चुनावमा भाग लिँदा यहाँका आम जनताले म माथि केही गर्छ भन्ने विश्वास लिएको कारण नै मैले जित्ने आधार बनेको जस्तो मलाई लाग्छ ।

त्र भूकम्पले ध्वस्त आलापोट, भद्रवास, नयाँगाउँ, गागलफेदीको विकास र पुनर्निर्माणको लागि तपाइँको योजना के छ ?

ं आज भूकम्प गएको २ वर्ष कटिसक्यो । यसबीच भूकम्प पीडितको घर नबनी अझै टहरामा बसोबास गरिरहनु परिरहेको छ । यसलाई मैले पुनर्निर्माण प्राधिकरणले काम गर्न नसकेको रुपमा लिन्छु । तर पनि अब बन्ने स्थानीय सरकारले यस विषयलाई प्राथमिकता दिएर प्राधिकरणसँग समन्वय गरेर अघि बढ्नुपर्दछ । अब स्थानीय स्रोत, साधन स्थानीय तवरमै परिचालन गर्न सकिने भएकोले नगरपालिका आफैले यस विषयलाई प्रमुख रुपमा आफ्नो योजनामा राखी भूकम्प पीडितहरुको लागि एकीकृत वस्ती निर्माण गरिनेछ । अझ भूकम्प गएको ठाउँमा मात्रै हैन नयाँ ठाउँमा पनि अव्यवस्थित सहर बनाउन दिइने छैन । एकीकृत वस्ती निर्माण गर्दा खेरि त्यहाँ न्यूनतम भौतिक पूवार्धार खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, विजुली आदिको व्यवस्था गरेर मात्रै वस्ती विकासको लागि पहल गरिने जानकारी गराउन चाहन्छु । मैले आदरणीय जनता समक्ष नमुना एकीकृत नगर विकासका योजनाहरु पेश गरेको छु । त्यस विषयमा जनताले बुझ्नेछन् भन्ने मलाई लाग्छ ।

त्र तपाइँले उम्मेदवारी घोषणा गर्दै गर्दाखेरि अन्य साथिहरुले के कस्तो प्रतिक्रिया दिएका छन् ?

ं नेपाली काँगे्रस एउटा पुरानो पार्टी हो । म मात्रै हैन धेरै योग्य साथिहरुले मेयर पदकोलागि आकांक्षा राखेका थिए । अझ म भन्दा अग्रज साथिहरुले समेत आकांक्षा राखेका थिए । तर समय परिवर्तनशील छ । मेरो निरन्तर जनतासँग र राजनैतिक संलग्नता राखेर सक्रियतापूर्वक लागिरहेको कामको लागि नै आम जनताले र पार्टी कार्यकर्ता पंक्ति पनि उपेन्द्रले चाहिँ केही गर्ला है भनेरहेरिरहेको अवस्था छ । सायद मेरो सक्रियता र आदरणीय जनताको पनि एकपटक मलाई हेर्ने चाहनाले गर्दा नै पनि मलाई योग्य ठानेर पार्टीले मलाई उम्मेदवारी दिन लगाएको जस्तो मलाई लाग्छ । अहिले अन्य आकांक्षी साथिहरुले पनि मलाई पूर्णरुपमा सहयोग गरिरहेको पाएको छु । नेपाली काँगे्रस पूर्णरुपमा एकढिक्का भएर चुनावमा लाग्नु भनेको हाम्रो विजयको प्रमुख आधार हो । 

त्र तपाइँको प्रमुख चुनावी मुद्दा के हो ?

ं मूलरुपमा यो जनताको सरकार हो । जनतालाई प्रत्यक्ष सेवा र सुविधा पु¥याउनको लागि अत्यन्तै नजिक रहेको काम गर्नको लागि बनेको स्थानीय सरकारले हिजोको स्थानीय निकायको तुलनामा एकदमै असिमित अधिकार रहेको पाएको छ । यस्ले स्थानीय स्तरमा साधन र स्रोतको परिचालन गर्न सक्छ । हिजोको जस्तो साना तिना काम बाहेक सडक बनाउन प¥यो मन्त्रालयको मुख ताक्नुपथ्र्यो, खानेपानीको वृहत योजना ल्याउनुप¥यो मन्त्रालयको मुख ताक्नुपथ्र्यो तर अब स्थानीय विकासका योजना बनाउन मन्त्रालयको मुख ताक्नु पर्दैन । राष्ट्रिय योजनाहरु मात्रै मन्त्रालयले बनाउने हो अन्य कामहरु सबै स्थानीय निकायले गर्ने हो । यसले विकास निर्माणले गति लिन्छ भने प्रत्यक्ष जनताले चाहेको विकास निर्माणका योजना देखि आवश्यक कानुन समेत निर्माण गर्न सकिने भएकोले काम कारवाही गर्न सजिलो हुनेछ । राज्यको पुनर्संरचना पछि अबको स्थानीय निकायले सिंहदरवारमा भएको स्रोत, साधन र अधिकारलाई गाउँ र नगरमा ल्याएको छ । यसले स्थानीय रुपमा स्थानीय सरकारको प्रभुत्व कायम हुनेछ । जनतालाई प्रत्यक्ष सेवा पु¥याउन एवं जनताको काम गर्न तत्कालै निर्णय गरि काम गर्न सकिने भएको छ । यसले गर्दा छोटो समयमै पनि नगरपालिकाको विकास गर्न सम्भव रहेको ठहर हाम्रो छ ।

हामीले चुनावको महायज्ञमा होमिँदा र यस महायज्ञको फल जनतालाई पञ्चामृत्तको रुपमा वितरण गर्ने लक्ष्य राखेका छौँ । नेपाली काँगे्रसले यस नगरपालिकामा जितेर गर्ने कामहरु जसमा जनताले घर घरमा खानेपानी पाउनेछन्, टोल टोलमा ढल र सडक निर्माण हुनेछन् । अबको मुद्दा भनेकै आर्थिक समृद्धि र सामाजिक समृद्धि हो त्यो एजेण्डालाई हामीले अगाडि ल्याएका छौँ । हामीले महिला उद्यमशिलता युवा उद्यमशिलता, दलितलाई विशेष व्यवस्था । अझ उनीहरुलाई सरकारी रोजगारीको पहुँचमा पु¥याउने हाम्रो लक्ष्य छ । अर्को भनेको वातावरण संरक्षणको कुरा रहेको छ । कागेश्वरी मनहरा नगरपालिका पवित्र बागमती र शालिनदी मनोहरा खोलाले घेरिएको नगरपालिका हो । करोडौँ, अरबौँ रुपैयाँ खर्च गरेर बागमती नदीलाई सफा गरिँदैछ तर अर्कोतर्फ रहेको शालिनदी मनोहरा खोला अव्यवस्थित बसोबासका कारण फोहर बन्दैछ । यस विषयलाई महत्वपूर्ण ठानेर एउटा एजेण्डा बनाएर काम गर्नको लागि नेपाली काँगे्रसले पहिचान गरेको छ । अर्को भनेको सुशासन हो । कैयौँ वर्षदेखि स्थानीय तह कर्मचारीको भरमा चलिरहेको छ । जसले गर्दा व्यापक भ्रष्टाचार भएको कुरा बाहिर आएकोछ । गैर जिम्मेवार भएको कुरा बाहिर आएकोछ  । त्यसैले हामीले आम जनताको लागि सुशासनको प्रत्याभूति दिनको लागि पारदर्शी र योजनावद्ध ढंगले काम गर्न चाहिरहेको छु । यो नै हाम्रो आमजनताको लागि पञ्चामृत्तको प्रसाद हुनेछ ।

कागेश्वरीका लागि गागलफेदी जस्तो दूरदराजको ठाउँ र सुविधाजनक पेप्सीकोलाको स्थान दुवै ठाउँमा विकासका योजनाहरु बनाइनेछ । कागेश्वरीबाट हेर्दा उपत्यका मनमोहक लाग्छ । यस्तो ठाउँमा पर्यटनको सम्भावना प्रशस्तै छ । कागेश्वरी जस्तो पवित्र धामलाई धार्मिक पर्यटनको केन्द्र मानेर योजना बनाईनेछ । आलापोट, भद्रबास र गागलको लागि कृषिमा आधारित कार्यक्रमहरु ल्याईनेछ ।

त्र आलापोट, नयाँगाउँ, भद्रबास, गागल जस्ता ठाउँमा घर बनाईदिने योजना किन नआएको होला ?

ं अघि नै पनि मैले भनिसकेँ मैले यस विषयमा पुनर्निर्माण प्राधिकरणले काम गर्न नसकेको रुपमा लिइरहेको छु । राज्यको प्राथमिकता नै गोरखा, सिन्धुपाल्चोक, दोलखा रहेको छ । राजधानीको एकदमै नजिकै रहेको स्थानहरुमा बस्ती विकासका योजनाहरु प्राधिकरणले अगाडि बढाएन । यहाँ जसरी पनि स्थानीयले आफैले घर बनाउँछन् जस्तो व्यवहार राज्यपक्षबाट भएको छ । यो साह्रै नै नराम्रो परिस्थिति हो । यहाँका जनताले घर बनाउन अहिले भएको जग्गा जमीन बेच्नु परिरहेको छ । यसले आगामी पुस्तालाई सम्पत्ति विहिन बनाइदिनेछ । राजधानीबाट यत्ति धेरै नजिकै भएर पनि केही सुविधा छैन । त्यसैले अब नगरपालिका आफैले यस विषयलाई प्राथमिकता दिएर एकीकृत बस्त विकासको योजना ल्याउनेछ । सबैको लागि घरको योजना कार्यान्वयनमा ल्याईनेछ ।

त्र शंखरापुर नगरपालिका यथावत कायम होस् भनी भएको आन्दोलनमा तपाइँको सहभागिता देखिएन नी ?

ं हो यो विषयमा मेरो केही फरक मत रहेको छ । शंखरापुरको वैभव र ऐतिहासिक महत्व आफ्नो ठाउँमा छ । तर पनि राज्य पुनर्संरचना गर्ने क्रममा राज्यले ४ हजार स्थानीय निकायलाई ७ सय ४४ वटा स्थानीय तहमा गाभ्दै गर्दा खेरि त्यहाँ ऐतिहासिक महत्वका गाउँ बस्तीहरु रहेकै छन् तर पनि एकीकरण गरिएकै छन् ।

ठूलो क्षेत्रलाई एउटा नगरपालिका वा गाउँ पालिका बनाउने सरकारको योजना अनुसारनै यो काम भएको हो । सबै गाउँ ठाउँको आ–आफ्नै विशेषता छन् । कतिपय साथिहरुको धारणा के रहेको छ भने शंखरापुर नगरपालिका ऐतिहासिक महत्वको छ र यो छुट्टै नगरपालिका हुनुपर्छ भन्ने रहेको पाएको छु । तर मेरो कुरा के छ भने कागेश्वरी र मनोहरा जोडिँदैमा शंखरापुरको पहिचान नै मेटिने, वैभव नै खतरामा पर्ने हैन । बरु ठूलो र बलियो नगरपालिका बन्दा अझ बढी वैभवपूर्ण र पहिचान कायम गर्ने गरि काम गर्न सकिन्छ भन्ने मेरो धारणा हो ।

जस्तो काठमाडौँ महानगरपालिकामा हनुमान ढोका र हाँडिगाउँ जस्तो नेवार कम्युनिटी भएकोक्षेत्र र नयाँ वस्ती विकास भएको ठाउँ कोटेश्वर वा गोंगबुँ क्षेत्रको छुट्टै पहिचान र संस्कृति छन् र पनि राम्रो काम भईरहेकै छन् ।

त्र यस नगरपालिकामा पनि सूचना र सञ्चारको विकास भएको छैन यतातर्फ तपाइँको के योजना छ ?

ं हो निश्चितैरुपमा यहाँ सूचना र सञ्चारको क्षेत्रमा काम भईरहेको छैन । जस्तो अहिले काठमाडौँको पूर्वी भेगमा एउटै पत्रिका लावण्य सन्देशले यसलाई धानेको छ । यो अपुग छ । एउटा छुट्टै एफ एम स्टेशन समेत छैन । टिभी च्यानलका कुरा त बेग्लै भयो । यस्तो अवस्थामा के कसरी सञ्चार क्षेत्रको विकास गर्ने भन्ने कुरा हामीले सोचेका छौँ ।

हामी नगरपालिकामा आउनासाथ सञ्चार क्षेत्रमा काम गरिरहेका साथिहरुको टीम नै बनाएर यस क्षेत्रमा काम गर्नेछौँ । तत्कालै आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुका साथै नगरपालिका आफैले पनि एफ एम स्टेशन स्थापना गर्न सक्ने भएकोले त्यतातर्फ पनि ध्यान केन्द्रित गरिनेछ । साथै अहिले सबै पार्टीहरुले प्राथमिकतामा राखेको फ्री वाईफाई जोन लगायतका विषयमा समेत तदारुकताका साथ काम गरिनेछ । सूचना सबैको अधिकार हो भन्ने कुरालाई स्थापित हुने गरि काम गरिनेछ ।

त्र अन्त्यमा हाम्रा पत्रिका मार्फत् आम जनतालाई केही भन्न चाहनु हुन्छ की ?

ं आदरणीय जनसमुदायलाई मेरो के आग्रह छ भने लामो समयपछि यो स्थानीयत तहको निर्वाचन भइरहेको छ । यो स्थानीय तहको निर्वाचनलाई सम्वेदनशील र गहन ढंगले हेरेर जसले नगरमा आर्थिक र सामाजिक समृद्धि ल्याउन सक्छ उसलाई मतदान गर्न र अझ लामो ईतिहास भएको समृद्ध ईतिहास भएको नेपाली काँगे्रसको आठै रुखमा सात छाप दिएर विजयी गराउन अनुरोध गर्न चाहन्छु । यहाँ मात्रै हैन शंखरापुर र अन्य सबै स्थानहरुमा पनि नेपाली काँगे्रसलाई विजयी गराउनोस् भन्न चाहन्छु । हामीलाई सेवा गर्ने मौका दिनोस् हामी समृद्ध कागेश्वरी मनहरा नगरपालिका दिन्छौँ । धन्यवाद । जयनेपाल ।

Post a Comment

0 Comments