शंखरापुर–१ का सुरेन्द्र दाहाल माओवादी केन्द्रमै फर्किए





शंखरापुर १ का नेता सुरेन्द्र दाहाल नेकपा एमाले छाडेर पुनः माओवादी केन्द्र प्रवेश गरेका छन् ।

२०७८ चैत्र २४ गते

लावण्य/साँखु । पूर्व माओवादी नेता सुरेन्द्र दाहालले हिजो एक विज्ञप्ती प्रकाशित गर्दै नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा रही पार्टीको जिम्मेवारी मा रहेर सक्रिय रहने जानकारी गराउनुभएको छ ।

नेकपा एमाले शंखरापुर नगर सचिवालय सदस्य एवम् युवा नेता सुरेन्द्र दाहालले नेकपा एमाले परित्याग गरेका छन    । हिजो एक बिज्ञप्ती निकाल्दै उहाँले “आजबाट आफू नेकपा एमालेको कुनै पनि जिम्मेवारीमा नरहेको  जानकारी गराएका छन । भुलबस केही समयका लागि आफु क्षणिक आवेगमा आई प्रतिगमनकारी कित्तामा उभिन पुगेकोमा त्यसप्रति क्षमा माग्दै एमाले अध्यक्ष ओलीमा बढेको अहंकार र घमण्डका कारण नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेकाले आफुले एमाले परित्याग गरेको  उल्लेख गर्नुभएको छ । साथै दाहालले आजबाटै नेकपा माओबादी केन्द्रमा  रहि पार्टीको जिम्मेवारीमा रहेर सक्रिय रहने जानकारी गराएका छन  ।”

Post a Comment

0 Comments