साँखु जेसीजको आयोजनामा शंखारापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
२०७८ चैत्र १९ गते
लावण्य/साँखु । साँखु जेसीजको आयोजनामा भएको बज्रयोगिनी सम्पदा तथा महिमा विषयक गोष्ठी कार्यक्रमको शुभारम्भ गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बज्रयोगिनी क्षेत्र शंखरापुर नगरपालिकाको प्रमुख सम्पदा रहेको र यसको विकासको लागि आफु तत्पर रहेको बताउनुभएको छ । उहाँले आवश्यक बजेटको कहिल्यै कमी नगरेको स्पष्ट पार्नुभएको छ ।
त्यसैगरी विशेष अतिथि उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले नगरपालिकाको विशेष आग्रहमा काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै काम गरिरहेको र नगरपालिकाले पनि आफ्नै ढंगले काम गरिरहेको बताउनुभएको छ ।
कार्यक्रममा प्राध्यापक तथा डा. चुन्दा बज्राचार्य, राजनलाल जोशी (रास जोशी), स्थानीय ईतिहासविद् प्रकाशमान सक्व, अमृतानन्द बज्राचार्य, रामेश्वर ह्याउँनिभा लगायतले बज्रयोगिनी विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको संयोजन सूज्र्येबहादुर रञ्जितले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन साँखु जेसीजका महासचिव गणेश दुलालले गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष सुजन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व साँखु जेसीजका अध्यक्ष जयराम श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बज्रयोगिनी क्षेत्र धार्मिक पुरातात्विक खुला संग्रहालयको रुपमा रहेको र यसको संरक्षण, सम्वद्र्धन गर्नको लागि स्थानीय, पुरातत्व विभाग, युनेस्को लगायतको ध्यान जानुपर्ने विषयमा छलफल भएको थियो ।
0 Comments
Thanks for your concerns