शंखरापुर नगरपालिकामा राप्रपाले सबैभन्दा अगाडि नै मेयरमा रमेश नापित र उपमेयरमा विजया कुमारी वाईबाको उम्मेदवारी घोषणा गरेको छ ।
२०७८ फाल्गुन ८ गते
लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कुनै पनि दलले आगामी स्थानीय तहको लागि उम्मेदवार तोक्न नसकेको अवस्थामा राप्रपाले यही फाल्गुन ७ गते भक्ति बाम्बो कटेज एण्ड पार्टी प्यालेसमा अगुवा कार्यकताको भेलाबीच सर्वसम्मतरुपमा मेयर र उपमेयरको उम्मेदवार घोषणा गरेको छ ।
राप्रपा शंखरापुरले घोषणा गरे अनुसार मेयरमा रमेश नपित र उप मेयरमा विजया कुमारी वाईबा छानिएका छन् ।
स्थानीय नेता रमेश नापित राप्रपाका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँले यस अघि २०७४ सालको चुनावमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनुभएको थियो ।
उपमेयरमा उम्मेदवारी घोषणा भएका बिजय कुमारी वाईबा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय प्रशिक्षक हुनुुहुन्छ । उहाँ राप्रपाका क्षेत्रिय सदस्य हुनुहुन्छ ।
अगुवा कार्यकर्ता भेला पूर्व आईजीपी तथा राप्रपाका केन्द्रीय उपाध्यक्ष धु्रबबहादुर प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
केन्द्रीय नीति जे–जस्तो भएतापनी स्थानीय स्तरमा आफै सक्षम भई विजयी हुने ढंगले चुनावमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडा, क्षेत्रिय अध्यक्ष राजु विष्ट, पूवं केन्द्रिय सदस्य गोविन्दप्रसाद श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य मिजेन्द्रकाजी श्रेष्ठले आ–आफ्नो अनुभव सुनाउँदै आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनाव के कसरी जित्न सकिन्छ भन्ने विषयमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य नानु लामा, जिल्ला सदस्य जयराम श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, स्थानीय नेताहरु दोर्जे लामा, पुरुषोत्तम श्रेष्ठ, दिवाकर सिलवाल, सूर्यबहादुर तामाङ लगायतले मन्तव्य दिनुभएको थियो ।
स्वास्थ्यमा समस्या भएका कारण शंखरापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ अनुपस्थित भएको जानकारी सो अवसरमा गराइएको थियो ।
कार्यक्रममा वडा नं. ७ का वडा सदस्य चन्दा श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन राप्रपा नेता दिपक केसीले गर्नुभएको थियो ।
कार्यक्रम राप्रपाका नगर अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको थियो ।
0 Comments
Thanks for your concerns