मेयर सुवर्ण श्रेष्ठले चार लाख लिटर क्षमताको रिजर्भभ्वाएर टंयांकीको उद्घाटन गरे,
अनौपचारिक रुपमा निमन्त्रण गरिएको सो कार्यक्रममा उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीय राजनैतिक दलका नेता कार्यकर्ताहरुको ठूलो उपस्थिति थियो ।
२०७८ चैत्र २ गते
लावण्य/साँखु । यही चैत्र १ गते शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले चार लाख लिटर क्षमताको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको रिजर्भभ्वाएर टंयांकीको उद्घाटन गर्नुभएको छ ।
करीब ६० लाखको लागतमा उक्त ट्यांकीको निर्माण कार्य सम्पन्न भएको हो । सो ट्यांकी निर्माणको लागि नगरस्तरीय बजेट उपलब्ध गराइएको थियो ।
निर्माण सकिएर रिजर्भभ्वाएर ट्यांकीमा पानी जम्मा गरिएसँगै साँखु बजार र वरिपरि सुख्खायाममा समेत खानेपानीको अभाव हुने छैन ।
शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठद्वारा मंगलबार उक्त ट्यांकीको पानी खोली मेन लाईन बाट साँखुका उपभोक्ताहरुलाई वितरण गर्न सुरु गर्नुभएको हो ।
यस अघि बिहान शंखरापुर नगरपालिका वडा नं ६ र ७ का वडा अध्यक्षद्वय राधाकृष्ण श्रेष्ठ र विष्णुप्रसाद श्रेष्ठले संयुक्त रुपमा ट्यांकीमा पानी भर्ने कामको शुरुवात गर्नुभएको थियो ।
नयाँ ट्यांकी निर्माण सँगै साँखु खानेपानी आयोजनासँग ४÷४ लाख लिटर क्षमताको दुई वटा रिजर्भभ्वाएर ट्यांकी भएको छ, स्टोरको अभावमा खेर जाने गरेको पानीको पनि सही सदुपयोग हुने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
हाल साँखु खानेपानी आयोजनाले झण्डै एक हजार वटा धारा मार्फत उपभोक्ताहरुलाई नियमित रूपमा पानी बितरण गर्दै आएको छ ।
0 Comments
Thanks for your concerns