कागेअष्टमी विशेष



सुशिल सिंखडासुन्दरीजल
परिचय
काठमाडौं जिल्लाको उत्तरपूर्वमा अवस्थित प्रसिद्ध कागेश्वरी धाम सुन्दर नगरी सुन्दरीजल गागलफेदीको सिमानामा पर्दछ भगवान महादेवको महिमामा आधारित कागेश्वरी धाममा हरेक बर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ
पौराणिक सन्दर्भ
भगवान महादेव बन विहारमा निस्कनु भएको धेरै समयसम्मपनि फर्कनु भएन आफ्नो पतिदेवलाई खोज्न निस्कनु भएकी माता पार्वतीले महादेवलाई कहि भेट्नु भएन आजित भएर फर्कनै लाग्दा काकगङ्गेश्वर घाटमा नुहाएर आईरहेको कागले चुच्चोमा च्यापेको जल लुकेर बस्नु भएका महादेवलाई चढाउन का....! ¥यो माता पार्वतीले त्यहाँ के रहेछ भनि हेर्दा भगवान महादेवलाई फेला पार्नु भयो अतः स्कन्द पुराणमा कागले पहिचान गरेकाले यो धामको नाम कागेश्वरी रहन गयो, भनि उल्लेख गरिएको
सुन्दरीजल, गागलफेदी आलापोटको सिमानामा काकगङ्गेश्वर घाट उक्त स्थानमा भगवान कागेश्वरी महादेवको पाउवाट वगेको एउटा पवित्र गंगा वागमती नदिमा मिसिदा उत्पति भएको ब्रम्हतिर्थ कागेअष्टमीका दिन सोही तिर्थमा स्नान गरी कागेश्वरी महादेवलाई काकगङ्गेश्वर घाटको जल चढाई दर्शन गरेपश्चात मात्र फल प्राप्ति हुने पौराणिक मान्यता
ऐतिहासिक सन्दर्भ
आफ्नी रानीको सपनालाई साकार पार्न सुन्दरीजल स्थित काकगङ्गेश्वर घाटमा स्नान गरी कागेश्वरी दर्शन गर्न हिडेका राजा प्रताप मल्ल पुत्र वियोगले कमजोर रानी उकालो हिड्न नसकेपछि विच्चैवाट फर्कनु ¥यो यस कारणले रानी अझ चिन्तित भईन राजा प्रताप मल्लले रानीलाई खुसि पार्न हनुमानढोका परिषरमा नै कागेश्वरी महादेवको मन्दिर स्थापना गर्न लगाए जहाँ हरेक बर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ
जनश्रुति
गाईले साविक भन्दा कम दुध दिन थालेपछि एकदिन कृषक चर्न जाने गाईको पछिपछि जङ्गल पुगे सित्तलमा बसेर गाई हेरिरहेका कृषक त्यतिवेला अचम्ममा परे जतिवेला गाईको थुनवाट आफै झरेको दुध च्यापेर कागले ओसार्दै सुन्दर झरना नजिक लाँदै छोड्न थाल्यो बारम्बार गाईले दूध दिने कागले लगेर छोड्ने भएपछि गाईले दुध कम नै दिने भयो तर कागले दुध लगेर छाडेको उक्त स्थानमा के रहेछ भनि हेर्दा कृषकले साक्षात भगवान महादेवको दर्शन पाएछन्
त्यसपश्चात हरेक बर्ष कागले भगवान पत्ता लगाईदिएको उक्त दिन अर्थात भाद्र शुक्ल अष्टमीका दिन विशेष पुजा आराधना गरी मेला मनाईन्छ
गोसाईकुण्डवाट फर्केका तिर्थालुले त्यहाँका जलले कागेश्वरीलाई स्नान गराउने तथा कागेअष्टमीका दिन मेला भर्न आउनेले साविक सुन्दरीजल गा.वि.. रहेको काकगंगेश्वर महादेवको दर्शन गर्नु पूर्व वागमती एक सहायक नदिको दोभान अर्थात ब्रम्हतिर्थमा स्नान गरी त्यहाँको जल कागेश्वरी महादेवलाई चढाई सकेपछि मात्र कागेश्वरीमा स्नान गर्नुपर्ने धार्मिक मान्यता
भगवान शिवका प्रसिद्ध ६४ ज्योर्ति्लिङ्ग मध्ये एक कागेश्वरी महादेवको दैनिक पुजा सञ्चालन गर्न परापूर्वकालदेखि नै सय रोपनी जग्गा कागेश्वरी महादेव गुठीको नाममा राखिएको भएपनि वर्तमान अवस्थामा पहुँच भएकाहरुले उक्त गुठीको सवै जग्गा रैकर गरिसकेका छन् जसले गर्दा कागेश्वरी महादेवको दैनिक पुजा सञ्चालन गर्ने कार्यमा आर्थिक समस्या प्रष्ट देखिन्छ
फेसबुक वालबाट साभार

Post a Comment

0 Comments