मेष ः
शुक्रबार, शनिबार र आईतबार
अनुकूल समय रहेका
छन् । व्यापारमा
लाभ, आफन्तको सहयोग
प्राप्त हुने देखिन्छ
। मिहिनेतको साथ
गरेका कामले राम्रै
नतिजा दिनेछ ।
भौतिक सामग्रीको किनबेच
हुनेछ । स्वास्थ्य
सम्बन्धी गडबडीले मन अशान्त
बनाउनेछ । माया
पे्रमको सम्बन्ध मध्यम रहेको
देखिन्छ ।
वृष ः
साताका सुरुका दिनहरु सोचेजस्तै
हुनेछन् भने साताको
अन्त्यमा घरायसी कामले बढी
नै झमेलाको महसुस
गरिएला भान्सामा समय खर्चनुपर्नेछ
। सन्तान सुख
मिल्ने देखिन्छ । आर्थिक
पक्षमा बलियो दिन आएको
देखिन्छ । वादविवादबाट
टाढै बस्नु उचित
हुनेछ । नयाँ
मित्रहरु भेटिनेछन् ।
मिथुन ः
सोमबार र मंगलबार
राम्रोसँग बित्नेछन् भने बाँकी
दिनहरु कडा मिहिनेतसँग
बित्नेछन् । छाला
सम्बन्धी समस्याले सताउनेछ ।
प्राकृतिक सामग्रीको लाभ हुने
देखिन्छ । नयाँ
कामको सोच बन्ने
देखिन्छ । लामो
यात्रा यो साताको
लागि हितकर देखिँदैन
। शिक्षामा मध्यम
समय रहनेछ ।
कर्कट ः
शिक्षा र स्वास्थ्यको
क्षेत्रमा हुनुहुन्छ भने लामो
समय कार्यालयमा खर्चनुपर्ने
देखिन्छ । आकस्मिक
लाभले मन प्रसन्न
बनाउनेछ । सानोतिनो
चोटपटक लाग्न सक्नेछ ।
माया पे्रमले मन
आनन्दित बनाउला । अनावश्यक
खर्चले साताको अन्त्यमा दुःख
दिने देखिन्छ ।
आँखाको समस्या हुनसक्छ ।
सिंह ः
कुनै आफन्तको कारणले तपाइँलाई
चिन्तित बनाउन सक्नेछ ।
सन्तान सुख राम्रो
प्राप्त हुने देखिन्छ
। शिक्षा क्षेत्रमा
हुनुहुन्छ भने राम्रो
लाभ प्राप्त गर्न
सक्नुहुनेछ । बोल्दा
विचार पु¥याउनु
पर्ने देखिन्छ ।
सवारी साधन चलाउँदा
ध्यान दिनुहोला, सामान्य
दुर्घटना पर्न सक्नेछ
।
कन्या ः
कुनै पुरानो विमारी बल्झन
सक्नेछ र त्यसको
लागि धन खर्चनुपर्नेछ
। साँगितिक क्षेत्रमा
आवद्ध कलाकारको लागि
सप्ताह अनुकूल देखिन्छ, यात्राको
योग देखिन्छ ।
पे्रम सम्बन्धमा प्रगाढता
बढ्नेछ । कुनै
नयाँ नोकरीमा प्रवेश
गर्न सकिनेछ ।
अचल सम्पत्तिको कारोबार
हुने देखिन्छ ।
तुला ः
मानसिक अशान्तिले स्वास्थ्यमा गडबडी
देखिन सक्ने हुनाले
ध्यान योगको सहायता
लिनु उचित हुनेछ
। माया पे्रममा
दूरि बढ्न सक्नेछ
। काममा सफलता
पाउन निकै कष्ट
पर्ने देखिन्छ ।
असल मित्रको सहयोग
र साथ मिल्दा
अलि मन शान्त
हुनेछ ।
वृश्चिकः
कुनै मुद्दामामिलामा समय खर्चनुपर्ने
देखिन्छ । सामाजिक
कार्यबाट लाभ मिल्ने
देखिन्छ । कार्य
क्षेत्रमा पदोन्नतिको सम्भावना रहेको
देखिन्छ । शिक्षा
क्षेत्रमा सफलता प्राप्त हुने
योग रहेको छ
। नसा सम्बन्धी
समस्या देखिन सक्नेछ, आगो
करेन्ट जस्ता कुराबाट टाढै
रहनु उचित हुनेछ
।
धनु ः
बिहीबार नयाँ काम
लामो यात्रा वा
कुनै विलासिताको सामान
खरिद गर्नु उचित
हुने देखिन्छ ।
साताको सुरुका दिनमा मन
अप्रसन्न रहने देखिन्छ
। घाउ चोट
लाग्न सक्ने देखिन्छ
। खानपानमा विचार
पु¥याउनु पर्नेछ
।
मकरः
साताका सुरुका दिन दौडधुपका
साथ बितेपनि पछिका
दिनहरु रमाइलोसँग बित्ने देखिन्छ
। विदेशसँग सम्बन्धित
अध्ययनमा सफलता मिल्नेछ ।
पेट सम्बन्धी सामान्य
समस्या देखिन सक्नेछ ।
साँगितिक कार्यक्रममा सहभागी हुने
अवसर मिल्नेछ ।
सवारी साधन चलाउँदा
सावधानी अपनाउनुपर्नेछ ।
कुम्भ ः
आफन्तको सहयोगले अल्झिएका कामहरु
पूरा गर्न सक्नुहुनेछ
। आफूभन्दा सानाको
सहयोग हितकर देखिँदैन
। माया पिरतीका
सम्बन्धमा समय खासै
राम्रो भन्न सकिँदैन
। विद्यार्थी वर्गको
लागि असल समय
चलेकोले सुखद समाचार
सुन्न पाइनेछ ।
आम्दानीमा वृद्धि हुने देखिन्छ
।
मीनः
कुनै नयाँ कामको
थालनी गर्दै हुनुहुन्छ
भने आफूभन्दा ठूलाको
सल्लाह लिनु उचित
हुनेछ । अचल
सम्पत्तिको किनबेच गर्ने समय
रहेको देखिन्छ ।
कर्मचारी हुनुहुन्छ भने कार्यालयको
काममा लामो यात्राको
योग बन्नेछ ।
शुभ समाचार सुन्न
पाइनेछ । घाँटीको
समस्या देखिन सकिनेछ ।
0 Comments
Thanks for your concerns