interesting world

पुरुषले अनुभव गरे प्रशव पीडा ! बच्चा जन्माउने बेलाको पीडा कस्तो हुन्छ ? केवल आमालाई मात्र थाहा हुन्छ । प्रशव पीडाको अनुभुति पुरुषलाई हुने कुरै भएन । तर चीनमा भने एक पुरुषले प्रशव पीडाको अनुभव गर्ने कोसिस गरे । तत्पश्चात उनले प्रशव पीडाको विषयमा सवाल जवाफ पनि गरे । प्रशव पीडाको अनुभवका विषयमा ती युवकलाई सोध्ने काम महिलाहरुले गरेका थिए । महिलाहरुको त्याग तथा समर्पणलाई सम्मान दिने उद्धेश्यका साथ चीनमा २० जना पुरुषले एक लाइभ टेलिभिजन शो मा भाग लिएका थिए । उनीहरुले टेलिभिजन शो कै क्रममा गर्भावस्था तथा सुत्केरी हुने बेलामा महिलाहरुले कत्तिको पीडा सहनुपर्छ भन्ने कुरा जान्ने कोसिस गरेका थिए । उक्त कार्यक्रममा भाग लिने २० जना पुरुषका श्रीमती वास्तवमा गर्भवती भएका रहेछन् अर्थात् ती पुरुषहरु निकट भविष्यमा बाउ बन्नेवाला हुन् । ती पुरुषहरुलाई बच्चा जन्माउने व्यथा लागिसकेपछिको पीडाको अवस्थामा पूराउनका लागि सिम्युलेटिङ लेवर विधिको प्रयोग गरिएको थियो र बच्चा जन्माउँदाको अवस्थाको महसुस गराइयो । मध्य चीनको जियांझी प्रान्तको नानचेंगमा यस्तो प्रशव पीडा कार्यक्रमको आयोजना भएको हो । कृत्रिम विधिद्वारा पुरुषमा बच्चा जन्माउँदाकै अवस्थामा जस्तो पीडा दिइएको थियो । उक्त पीडाको ८० औँ तहसम्मको दुखाई सहेर चुनौति पूरा गर्न सफल एक युवकलाई विजेता घोषित गरिएको थियो । यो शो को उद्धेश्य आमाको महानताको बारेमा सबैलाई बुझाउनु तथा महिलालाई अधिकतम सम्मान प्रदान गर्नु रहेको बताइएको छ । भर्चुअल स्कुल जहाँ विद्यार्थी हाजिर हुनैपर्दैन हुनत हामीले दूर शिक्षाको विषयमा हाम्रै देशमा सुने देखेकै छौँ । जापानमा भने एउटा यस्तो भर्चुअल स्कुल सुरु भएको छ जहाँ विद्यार्थीहरुलाई स्कुलमा हाजिर हुनुपर्ने बाध्यता छैन । जापानमा पहिलोपटक स्थापना भएको उक्त भर्चुअल स्कुलमा शिक्षक तथा विद्यार्थीहरु इन्टरनेटको माध्यमबाट सम्पर्क तथा शिक्षक सिकाइ क्रियाकलाप गर्दछन् । अप्रिल २४ देखि सुरु भएको यो स्कुलमा अहिलेसम्म २०४ जना विद्यार्थी भर्ना भैसकेका छन् । स्कुलमा भर्र्ना हुने विद्यार्थीले प्रति वर्ष १ लाख ८० हजार येन शुल्क बुझाउनुपर्छ । यो स्कुलमा अध्ययन गर्नका लागि विद्यार्थीले आफ्नो विशिष्ठ अवतार तयार गर्नुपर्छ । जसका लागि विद्यालयले विभिन्न हेयर स्टाइल तथा पहिरनको नमूना दिएको हुन्छ । आफ्नो सोही अवतारमा इन्टरनेटको माध्यमबाट विद्यार्थीहरुले पढाइ गर्दछन् । यसका लागि विद्यार्थीहरुले कम्प्युटरमा विशेष प्रकारको सफ्टवेयर इन्स्टल गर्नुपर्छ । उक्त सफ्टवेयरको माध्यमबाट विद्यार्थीले आफ्नो अवतारलाई अध्ययनका लागि कक्षामा पठाउने निर्देशन दिनसक्छन् । साथै उनीहरुले अध्ययन सामाग्रीको अडियो तथा भिडियो सामग्री वा इ बुक पनि प्राप्त गर्दछन् । त्यस्तै अन्य विद्यार्थी तथा शिक्षकको अवतारसँग भिडियो च्याट पनि गर्न सक्छन् । जापानकै चिबा क्षेत्रमा रहेको मेइसेइ स्कुलले यस्तो भर्चुअल कक्षा सुरु गरेको हो । मेइसेइ स्कुलले लामो समयदेखि दूर शिक्षाको माध्यमबाट स्तानक तहसम्मको पढाइ संचालन गर्ने गरेको छ । जुम्ल्याहाका बाबु फरक–फरक जुम्ल्याहा बच्चा तर पिता फरक–फरक ! यो सुन्दै असम्भव लाग्छ । तर यो सम्भव भएको छ अमेरिकामा । एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् र ती दुइ जुम्ल्याहा बच्चाका पिता भने फरक फरक हुन् । छोटकरी नाम टि एम बताइएकी तर अन्य विवरण गोप्य राखिएकी ती महिलाले सुरुमा आफ्नो नयाँ ब्वायफ्रेण्ड नै दुबै बच्चाको बाउ भएको बताएकी थिइन् । तर पछि मातृत्वको लिखतमा दस्तखत गर्ने क्रममा उनले आफु नयाँ ब्वायफ्रेण्डसँग सम्भोग गर्नुअघि अरु कुनै पुरुषसँग सुतेको खुलासा गरिन् । त्यसपछि बच्चाहरुको पितृत्व परीक्षण गर्दा जुम्ल्याहा दुइ बच्चाको पिता एउटै नभएर फरक फरक रहेको प्रमाणित भयो । यो खुलासा भएसँगै अदालतले ती महिलाको पहिलो पार्टनरले एउटा बच्चाको खर्च भर्नुपर्ने फैसला गरेको छ । प्यासेक काउन्टी अदालतका न्यायाधीशले जुम्ल्याहा बच्चाका पिता फरक फरक रहेको हुँदा ती महिलाको हालका पतिले मात्रज्ञ दुबै बच्चाको पालनपोषणमा खर्च गर्न बाध्य नरहेको र महिलासँग सुरुमा यौन सम्पर्क गरेर एक बच्चाको गर्भाधारण गराउने पुरुषले उनका जैविक सन्तानको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने फैसला गरे । महिलाको पहिलो ब्वायफ्रेण्डले अब बच्चाको पालनपोषणका लागि प्रतिहप्ता २८ डलर तिर्नुपर्नेछ । न्यायाधीशले आफुले जुम्ल्याहा बच्चाको पिता फरक फरक रहेको घटना पहिलोपटक देखेको बताए । तर विज्ञानले भने यस्तो कुरा सम्भव हुनसक्ने र हरेक १३ हजार जुम्ल्याहामा एउटा यस्तो भेटिने बताएको छ । जुम्ल्याहा सन्तानको जैविक पिता फरक फरक हुने यो प्रक्रियालाई हेट्रोप्याटर्नल सुपरफिकन्डेसन भनिन्छ । जब महिलाको एक पटकको महिनावारी चक्रमा दुइवटा डिम्ब तयार हुन्छन् र ती डिम्ब यौन सम्पर्कको क्रममा फरक फरक पुरुषको शुक्रकिटबाट फर्टिलाइजेसन हुन्छन् तब जुम्ल्याहा बच्चाका पिता फरक फरक हुन्छन् ।

Post a Comment

0 Comments