काकेश्वर शिवलिङ्ग ः एक परिचय



केशव खड्कासाँखुको



काकेश्वर शिवमन्दिर गागलफेदी गाविस वडा नं. को उच्च पहाडि भाग उत्तरतर्फ शिवपुरी वन्यजन्तु आरक्ष नजिकै पर्दछ बागमती नदीको पूवतर्फ महादेव खोलाको मुहान हो यस काकेश्वर शिव मन्दिरभन्दा माथि आवादी जग्गा भने मन्दिर छहरा बीचमा ओडारभित्र शिवलिङ्ग काग प्रष्टरुपले देख्न सकिन्छ सुनको काग भने भाद्र शुक्ल अष्टमी (कागेअष्टमी), राधा अष्टमीका दिन मात्र त्यस स्थानमा देख्न सकिन्छ
प्राचिन शैलीमा निर्मित यस शिवलिङ्ग देखी पूर्व पश्चिम उत्तर तीन तिर हरियाली वन वृक्ष बुट्यान शिवपुरी लेकको कैलाश पर्वत देखिन्छ पूर्वतर्फ जंगलमा दुईटा धर्मशाला निर्मित दक्षिण तर्फ वागमतीको रमणीय फाँट मनोहरा, चाँगुनारायणसम्म गागलफेदी, भद्रबास, आलापोट, जोरपाटी, गोकर्ण, नयाँपाटी, सुन्दरीजल गाविसको रमणीय दृश्य देख्न सकिन्छ काकेश्वरमा भाद्र शुक्ल अष्टमी, राधा अष्टमीमा विशेष पर्व पूजा हुने हुँदा बहुत ठूलो भक्तजनहरुको भीड लाग्ने गर्दछ यस मनिदरमा आलापोटबाट ठाडो उकालोको बाटो पौराणिक भने आधुनिक मोटरबाटो गागलफेदीको वडा नं. ढाडको थापागाउँबाट गागलजाने बाटोबाट मोटरसाईकलमा जान सकिन्छ

काकेश्वरको वर्णन स्कन्द पुराण हिमवतखण्ड ११९ अध्यायमा वर्णित हाल काकेश्वर महादेवका पूजारी रामेश्वर चालिसे हुनुहुन्छ
अतरचोध्र्वहदे रम्य तत्र तिष्ठती शंकर
त्रैलोक्यं मायया मांच समुह्य खलु निज्र्जन
काकेश्वरको झरना चारतल्लाको यो झरना चारै दिशामा फर्किएर झर्ने गरेको देखिन्छ झरनाभन्दा अलि तल एक कुण्ड जसलाई पार्वती मानेर पूजा गरिन्छ
पौराणिक कथन अनुसार कागहरुको राजा कागभुसुण्डीले तपस्या गरेको स्थान हो भने काग भुसुण्डीले राम कथा गरुडलाई मुस्ताङ्ग जिल्लाको तिलिचो तालमा सुनाएका थिए यो ठाउा संसारकै उच्च स्थानमा रहेको तालको रुपमा लिइन्छ
काकेश्वरमा सुनको काग ? ऐतिहासिक पृष्ठभूमी अनुसार काकेश्वरमा सुनको काग या छैन, यो अनुसन्धानको विषय हो मैले जाने बुझे सम्म राधा अष्टमीको दिन काकेश्वर महादेव मन्दिरभित्र पहेँलो धातुको सानो बच्चा काग जत्रो एउटा काग राखेर पूजा गर्ने गरेको देखिन्थ्यो यो सम्बन्धमा मैले ४० को दशकमा कागेश्वरी मन्दिरमा चन्दा माग्नेक्रममा चार पाँच वर्ष बिताएँ त्यो समयसम्म राम्रोसँग प्रष्ट देखेको थिएँ तर आज २०६९ साल असोज गते कागेअष्टमीका दिन बाहिर राखेर पूजा गरेको काग ४० को दशकमा हेरेको काग एउटै हो कि होईन भन्न कठिन भयो अहिले देखेको काग पखेटा भुत्ला झरेर उड्न नसक्ने करङ्ग देखिएको भूँडी बाहिर फालिएको एकदम खोक्रो थोत्रो एवं नराम्रो लाग्यो यतातर्फ गुठी संस्थान एवं सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ सम्भवतः सुनको कागको मूर्ति प्रतिस्थापित गरिएको हुनुपर्छ मूर्ति प्रतिस्थापित गरिए पनि जिर्ण भएपछि मर्मत एवं नयाँ फेर्ने कार्य गर्नु जरुरी भैसकेको
काकेश्वरी मन्दिरको प्रबन्धको लागि के कस्तो गुठी ? सो बारे अध्ययन अनुसन्धान हुनु जरुरी रहेको काकेश्वरी मन्दिरका पूजारीका विषयमा खोजवीन गर्दा ढकाल थरका राम पूजारी उनका छोरा गोविन्द प्रसाद ढकालको पुस्ताले काकेश्वर महादेव दैनिक पूजा आजा गर्ने गरेको बुझिएको   गोविन्द प्रसाद ढकालले वर्ष काकेश्वरीको पूजारी भएर काम गरे वापत मासिक रु. सय गागलफेदी गाविसले उपलब्ध गराएको थियो पछि उनले विभिन्न कारणवश छोडेपछि हाल दुई वर्ष देखि भोर्लेटारका रामेश्वर चालिसेलाई मासिक रु. हजार दिने शर्तमा पूजारी नियुक्ति गरि पूजाआजा गराउँदै आएको उहाँको कथन अनुसार गुठी संस्थानको रोहबरमा गाविसले उनलाई बुझाएको काग यही हो काग तामाको हो वा सुनको या पित्तलको हो उनलाई केही थाहा छैन यो कति पुरानो हो त्यो पनि थाहा छैन एउटा खुट्टा भाँच्चिएकोले उनले बाँधेर राखेको छन्
ऐतिहासिक धरोहर काकेश्वरी मन्दिरको कागको जिर्णोद्धार मात्रै हैन पुननिर्माण नै गर्नुपर्ने अवस्था सम्बन्धित निकाय गुठी संस्थान वा गाविसले आवश्यक समिति निर्माण गरेर चन्दादाताबाट नै सहयोग लिएरै भएपनि कागको पुननिर्माण गर्नु वाञ्छनीय यस वर्ष काकेश्वरी मेला समितिको नाममा मेला सञ्चालन, सम्वद्र्धन एवं स्वयम् सेवा गरेको पाईएको उनीहरुले त्यहाँ मन्दिरमा यस वर्ष करिब २० हजार भेटी भित्रिएको जानकारी गराएका छन् सो भेटी पूजारीकै लागि भएको समेत उहाँहरुले जानकारी दिएका छन् यसले के कुरा देखाएको भने स्थानीय युवाहरु मन्दिर संरक्षणमा जागरुक छन् तर उनीहरुलाई आवश्यक कुरा बुझाईदिने व्यक्तिहरु त्यहाँ छैनन् त्यसैले काकेश्वरी मन्दिरको निर्माणको लागि त्यहाँ सधैँ सञ्चालनमा रहने गरि एउटा समिति निर्माण गरेर काम गरेमा सजिलो हुनेछ समितिले दर्शनार्थी पूजारी एवं मन्दिरको संरक्षणको लागि सहयोग गरेकोमा धन्यवाद नदिईरहन सकिन्न
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments