“प्रकाश सपुतले “पीर”को विवादित दृश्य हटाएको छ । सपुतले विवादित दृश्यलाई सम्पादन गरेर “पीर” गीत फेरि युट्युबमा राखेका छन् । एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने सपुतले युट्युबबाट हटाएको छ । सपतुले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।” यो समाचार सुन्नासाथ जस कसैका मन अमिलो भएको छ ।
यो समाचारले धेरैको मन नमिठो भएको होला । त्यसमाथि पत्रकारिता क्षेत्रमा काम गर्ने र युट्यूबर र गायक, सर्जक र निर्माता निर्देशक र कलाकारहरुको पनि मन नमिठो हुने नै भयो ।
कुनै पनि सर्जकले सृजना गरेका कथा, पटकथा, गीत, संगीत, नाटक, फिल्ममा सर्जकको आफ्नो विचार प्रस्तुत गरिएको हुन्छ । हुनतः कहिलेकाँहि यस्तो विषय विवादित पनि हुन्छ । र सर्जकले आफ्नो सृजनामा प्रयोग गरिएका विषय सच्याउँछ पनि । तर यसपाली भने सर्जकलाई आफ्नो सृजना सच्याउन दबाव दिइयो । यस अघि “लुट्न सके लुट कान्छा, नेपालमै हो छूट” बोलको गीतको विषयमापनि यस्तै विवाद उठेको थियो । सत्तारुढ दलका नेता कार्यकर्ताहरुले सर्जक पशुपति शर्मालाई दबाव दिएरै युट्युबबाट हटाउन लगाइएको थियो ।
अहिले पनि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले दबाव दिएकै कारण गीतका केही दृश्य संशोधन गरेर पुनः युट्युबमा अपलोड गरिएको देखिन्छ भलै सर्जकले यो विषयमा कसैका दबाव वा प्रभाव भन्दा पनि मुलुकमा भईरहेको घटनाको विषयमा गीत सृजना गर्दा विवाद हुन सक्छ । सम्बन्धित पक्षको मन दुःख्न सक्छ भन्ने सन्देश समेत आफुले पाएको उल्लेख गरेको छ ।
तर यहाँ जसले जे भनेतापनि एउटा कुरा खट्किन्छ त्यो हो कम्युनिष्ट अतिवाद । किनकी यी दुवै विषयमा कम्युनिष्ट अतिवादको शिकार भएको छ सर्जक । यसैले कम्युनिष्ट अतिवादका कारण स्वतन्त्र पत्रकारिता, स्वतन्त्र सृजना अप्ठेरोमा परेको भन्न सकिने प्रशस्त ठाउँ रह्यो । जे होस् यस्ता घटना फेरि नदोहो¥याउन कम्युनिष्ट नेताहरुले ध्यान पु¥याउन जरुरी देखिन्छ ।
कुनै पनि विषय वा कुनै पनि निर्णयको आलोचना हुनु वा त्यस विषयमा वादविवाद हुनुलाई प्रजातान्त्रिक संस्कारमा अन्यथा लिनु आवश्यक छैन । यतातर्फ सबैको ध्यान गए । सर्जकहरुलाई सजिलो हुने अपेक्षा गर्न सकिन्छ ।

0 Comments
Thanks for your concerns