रोचक जानकारी
पानीमाथि पद्माशन गरेर नेपाली युवाले बनाए विश्व कीर्तिमान
पानीमाथि पद्रुमाशनरु गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् ।
सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्रीले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा मन्त्री गहतराजले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन आग्रह गरे ।
सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।
चर्को स्वर भएको भन्दै प्राध्यापकलाई जागिरबाट निकाला, अदालतले सुनायो यस्तो आदेश
एक प्राध्यापकलाई ठूलो स्वर भएका कारण जागिरबाट निकालिएको छ । बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि चर्को आवाजमा कुराकानी गर्ने गरेको भन्दै उनलाई निकाला गरिएको हो ।
आफूलाई जागिरबाट निकाला गरिदिएको मुद्दा लिएर प्राध्यापक अदालत गइन् र अब अदालतले उनको पक्षमा निर्णय सुनाएको छ ।
अदालतले उनलाई क्षतीपूर्ति स्वरुप १ लाख पाउन्ड रकम दिन पनि आदेश दिएको छ ।
स्मरण रहोस्, वरिष्ठ एकेडेमिक डा. एनेट प्लाटले एक्सेन्टर विश्वविद्यालयमा २९ वर्षभन्दा बढी काम गरेकी थिइन् । उनको दाबी अनुसार डा. प्लाटलाई उनको चर्को आवाजका कारण विश्वविद्यालयको भौतिकी विभागमा उनको पदबाट बर्खास्त गरिएको थियो । आफ्नो उजुरीमा उनले संस्थालाई पक्षपात भएको आरोप लगाउँदै यो तनावबाट निस्कनका लागि चिकित्सकको सहयोग पनि लिनु परेको बताइन् ।
एनेट प्लाटले आफ्नो बचाउमा अदालतमा भनिन्, ‘म पूर्वी यूरोपेली यहूदी परिवारसँग सम्बन्ध राख्छु मलाई आफ्नो कुरा र विचारलाई राम्रो तरिकाले व्यक्त गर्न सिकाइएको छ । म जानीजानी कसैलाई समस्यामा पार्नका लागि चर्को आवाजमा कुरा गर्दिनँ वा पढाउँदिनँ । मेरो आवाज नै यस्तै छ ।’
द गार्जियनको एक रिपोर्टका अनुसार उनले युनिभर्सिटी अफ एक्सेटरको भौतिक विभागमा ३० वर्षदेखि पढाउँदै आएकी छिन् । उनलाई भौतिक विभागमा संलग्न हुने पहिलो महिला विद्वान पनि मानिन्छ ।
द मिररको एक रिपोर्ट अनुसार भौतिक विज्ञानकी यी प्राध्यापकलाई पहिले निलम्बन गरियो र पुनः २०१९ को डिसेम्बरमा विद्यावारिधीका विद्यार्थीमाथि चर्को आवाजले कुराकानी गरेको भन्दै बर्खास्तसमेत गरियो ।
रोजगार न्यायाधिकरणले उनलाई गलत तरिकाबाट बर्खास्त गरिएको पैmसला सुनाउँदै उनलाई १ लाख पाउण्ड तिर्ने आदेस सुनाएको छ ।
चश्मा लगाइदिएपछि गाईले दिन थाल्यो धेरै दुध
गाईलाई घाँस–पिठो खान दिएपछि धेरै दुध दिने गरेको पाइएको छ । प्रजाति सुधार गरेर पनि गाईको दुध बढाउने प्रयास सबैतिर भइरहेको छ । तर यसका लागि पैसा पनि धेरै नै लाग्छ ।
तर गाईको दुध बढाउने प्रयासमा एउटा यस्तो अचम्मको तरिका अपनाइएको छ जुन सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो साँचो हो, टर्कीका एक किसानले आफ्नो गाईले धेरै दुध देओस् भनेर प्रविधिको सहारा लिएका छन् ।
विशेष प्रविधिको प्रयोगबाट बढ्यो गाईको दुध उत्पादन
डेली मेलका अनुसारटर्कीको अक्साराय सहरमा बस्ने किसान इज्जेत कोकाकले आफ्नो गाईलाई भर्चुअल रियालिटी वाला चस्मा लगाइदिएका छन् । यसबाट किसानलाई फाइदा पनि भयो । किनकी गाईले सामान्य भन्दा बढी दुध दिन थाल्यो ।
यसो गर्दा गाईले आफूलाई ठूलो घाँसको मैदानमा चरिरहेको महसुस गर्ने गर्छ । तर वास्तवमा किसानले गाईलाई आफ्नै गोठमा बाँधेर राखेको हुन्छ ।
यस प्रविधिको फाइदा अन्य किसानलाई पनि थाहा हुन थालेको छ । यस्तो प्रविधि अन्य किसानले पनि अपनाउन थालेका छन् । यसबारे एउटा अनुसन्धान पनि भएको छ जसअनुसार गाई–भैँसीलाई हरियो मैदान देखायो भने उसले औसतभन्दा बढी दुध दिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।
गाईले दिन्छ धेरै दुधः
आफूहरुले गाईको आँखामा भीआर चस्मा लगाउनाले आफूलाई धेरै फाइदा मिलेको किसानले बताएका छन् । यसबाट उनीहरुको दुध उत्पादनमा वृद्धि भएको जानकारीमा उल्लेख छ । आफ्नो गाईले २२ लिटर दुध दिने गरेकोमा हाल आएर २७ लिटर दूध दिन थालेको किसानले बताए । पशुलाई भीआर चश्माको माध्यमबाट एक हराभरा मैदान देखिन्छ र गाईलाई त्यो ठूलो मैदानमा चरेको जस्तो अनुभव हुन्छ । यसै कारण उसले धेरै दुध दिन्छ ।
यसको प्रयोग वरपरका किसानले पनि आफ्नो गाईरु भैँसीमा गरे र उनीहरुले पनि ठूलै लाभ उठाएका छन् । उत्पादन धेरै भएकाले उनीहरुको पनि कमाइमा वृद्धि भएको छ ।
0 Comments
Thanks for your concerns