लावण्यकर्मी श्रेष्ठ नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति काठमाडौँका अध्यक्षमा




– क्रिस्टिना श्रेष्ठ –

२०७८ कार्तिक २४ गते

लावण्य/साँखु । लावण्य सन्देश साप्ताहिकका व्यवस्थापक सत्यनारायण श्रेष्ठ नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति काठमाडौँको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यही मंसिर २ गते सम्पन्न संघको पाँचौ साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै ११ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा रामप्रसाद गौतम, सचिवमा पुष्पराज सापकोटा, कोषाध्यक्षमा अम्बिका थपलिया निवर्तमान अध्यक्ष भरतप्रसाद नेपाल सदस्यहरूमा जीवन प्रसाद बर्तौला, राजुराज पुरी, विस्वनाथ अधिकारी, ईश्वर पुडासैनी, सुर्यप्रसाद दवाडी र सीता रैला रहेका छन् ।

निर्वाचित भए लगत्तै अध्यक्ष श्रेष्ठले भन्नुभयो– आफु लगायत सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरूलाई विस्वासका साथ चयन गरीदिनु भएकोमा सम्पुर्ण बीउ ब्यबसायी साथीहरू केन्द्रीय पदाधिकारीहरू तथा अतिथिहरूमा कृतज्ञताका साथ धन्यवाद दिन चाहन्छु  ।

साधारणसभा कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख कृष्णभद्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिकारीले भन्नुभयो–  किसान बीउ व्यवसायीहरुको भरोसामा रहने भएकोले बीउ व्यवसायीहरु अत्यन्तै इमान्दार र चनाखो हुनुपर्ने बताउनुभयो । साथै उहाँले बीउ उत्पादन सम्बन्धी कार्यक्रममा किसानको न्यून सहभागिता रहेकोतर्फ संकेत गर्दै यसले कृषि उद्योग खस्कँदो अवस्थामा रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कृषि तथा पशु सेवा विभाग प्रमुख हरिप्रसाद भण्डारी, संघका केन्द्रीय महासचिव बसन्त चन्द्र मरहठ्ठा, कामु अध्यक्ष मनिदेव भट्टराई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सो कार्यक्रम सञ्चालन सचिव पुष्पराज सापकोटाले गर्नुभएको थियो भने अतिथिहरुलाई स्वागत उपाध्यक्ष सत्यनारायण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष भरत नेपालले गर्नुभएको थियो ।

उद्घाटन सत्र पछि सर्वसम्मतिबाट नेतृत्व चयन गरि सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई टिका लगाई बधाई तथा पदस्थापन समेत गरिएको थियो ।

संघमा बीउ बिक्री वितरण, बीउ उत्पादन तथा अनुसन्धान गर्ने फर्महरू सदस्य रहेका छन् ।

Post a Comment

0 Comments