कोभिडका विरामी बढे, संंक्रमितको संख्या बढेसँगै सुरक्षाका उपाय अपनाउन सुझाव



– कृशु श्रेष्ठ –

२०७८ साउन २६ गते

लावण्य/साँखु । नेपालमा कोभिड महामारीले पुनः उग्र रुप लिन थालेका छ । आज एकैदिन ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको हो ।

कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ ।

नेपालमा तेस्रो लहरको सूरुवात भएको विज्ञहरुले बताएका छन् । राजधानीका ठूला अस्पतालहरु संक्रमितले भरिन थालेका छन् । बढ्दो महामारीलाई ध्यानमा राखेर बिहीवारदेखि नै लागु हुनेगरी उपत्यकामा बेलुकी ८ बजेदेखि सवारी साधन चल्न नदिने निर्णय उपत्यका प्रशासनले गरेको छ ।

Post a Comment

0 Comments