लगातार दोस्रो दिन पनि संक्रमित हुनेभन्दा निको हुने बढे, थप १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त,





लावण्य/साँखु ।  ६ भदौ, 2078, पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो। 

यस अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप २४ जनाको कोरोना भाइरसबाट मृत्यु पुष्टि भएको छ।

यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ। 


Post a Comment

0 Comments