यौनका कुरा – प्रस्तुती ः नविना राई
यौन रोग लुकाउनु हानिकारक
मानिसले सेक्समा धेरै प्रकारका समस्याहरुको सामना गर्दै आएका छन् जसलाई आम रुपमा हामीले लुकाउने गरेका छौं । युवक युवतीहरु विशेष रुपमा यो भूल गर्दछन् कि आफ्ना कुनै पनि समस्या माता पिता, संरक्षक वा गुरुहरुबाट लुकाएर राख्छन् । जब रोग असाध्य बढ्दै जान्छ तैपनि चुपचाप उपचारतिर लाग्ने गर्दछन् ।
उपचारको क्रममा हाकिमहरु पनि डाक्टरको चक्करमा लागिरहेका हुन्छन् । यस्ता हाकिमहरुलाई डाक्टरले खुब उल्लु बनाउँदै ठग्ने र धन लुट्ने गरिरहेका हुन्छन् । तर उनीहरुको रोग भने फेरि पनि बढीरहेको हुन्छ । जब रोगले सीमा नाघ्ने काम गर्दछ तब मात्र त्यस कुराको भेद घरमा खुल्दछ । त्यस बखत त उसको जिन्दगीमा तनाव उत्पन्न भैरहेको हुन्छ । रोग लाजको कारणले बढ्दै गएको पाइन्छ । लाखौं नौजवान केटा केटीहरुको जीवन यस्तै गलत धारणाले चौपट बनेको हुन्छ ।
धेरै यौन समस्याहरु यस्ता हुन्छन् जुन वास्तवमा केही पनि होइन । उनी हाकिम डाक्टरले तिललाई पहाड बनाई दिएका हुन्छन् । बहम नामक रोग सबैभन्दा भयंकर हुन्छ जसलाई यौन पूरा निको पार्ने बहानामा डाक्टरहरुले लाभ उठाइरहेका हुन्छन् । यस्ता डाक्टर वा हाकिमहरुले बनावटी पर्चा र किताबमा इन्द्रियमा निलो नशा, टेढोपन, छोटोपना, पातलोपना र शीघ्रपतनलाई भयंकर रोगको दर्दमा राखि दिएका हुन्छ्न ।
नीलो नशा हो जसमा अशुद्ध रगत बहंदै हृदयमा आउँछ र शुद्ध बन्दछ । फेरि अक्सिजनमा शुद्ध हुनको लाग रगत हृदयद्वारा पुन धमनीमा नै जम्मा हुन्छ । यो कुनै भयंकर रोग होइन । केवल सोझा सिधा मान्छेहरुलाई भ्रममा पार्ने जाल मात्र हो ।
स्त्रीहरुमा कहिलेकाहीं सेतो पानी बग्ने गर्दछ जो एक किसिमको स्राव हो । यदि यो साधारण मात्रामा हुन्छ भने त्यो कुनै किसिमको रोग होइन । त्यसमा चिन्ता गर्नु पर्ने आवश्यकता नै पर्दैन । जव स्राव अधिक र बढ्न थाग्छ तव जाँच गराउनु राम्रो हुन्छ । कहिलेकाहीं त्यस्तो प्रकारको स्राव निस्कंदा गनोरिया पनि हुन सक्छ । जाँचमा गनोरियाको लक्षण देखिएमा यसको उपचार गराउनु पर्दछ ।
प्रायः स्त्रीहरुमा सेक्स सम्बन्धी निम्न लिखत समस्याहरु हुने गर्दछन् ।
१.मासिक धर्म अत्यन्त कष्ठका साथ हुनु ।
२.मासिक धर्मको समयमा कम्मर या पेटमा असाध्यै पीडा हुनु ।
३.महिनावारी धेरै दिनसम्म रहनु ।
४.कुनै यौन रोग हुनु ।
५.मूत्र सम्बन्धी केही संक्रमण हुनु ।
६.गुदा चिलाउने वा दुख्ने रोग ।
७.गर्भाशयमा दौडधुप गरेर या मासिक धर्मको कारणले पर्न सक्ने आघातहरु ।
८.जवानीको भूलका कारण गर्भको स्थापना ।
उपरोक्त यस्ता समस्याहरु पनि हुने गर्दछन् जसको सही समाधान तव सम्भव हुन्छ जव निःसंकोच भएर छोरीले आफ्नो आमासँग सबै समस्याहरु बताओस् ।
लुकाउने हो भने कुनै पनि समस्या समाधान हुन सक्दैन बरु रोग कष्ट अरु बढ्न जान्छ । यस्तो धेरै समस्याहरु यस्ता हुन्छन् जसको बारेमा सोच्दा मात्र नै समस्या आउँछ । यी आफैमा केही समस्या होइन । जसको शुरुमा मासिक धर्म हुन जान्छ शुरुमा केटीलाई केही कष्ट अवश्य पनि हुने गर्दछ ।
यौनांग सम्बन्धी कुनै रोग लाग्न गएमा कुमारीपनामा केही भूल गरेको हुनुपर्छ । यस्तो कुराको सूचना आफ्नो आमा बाबुलाई पहिले नै दिनु पर्छ । त्यसपछि चिकित्सकको माध्यमकबाट उक्त रोगको निदान गर्नु राम्रो हुन्छ । प्रौढ स्त्रीलाई केही समस्या भएमा सबैभन्दा पहिलो आफ्नो पतिलाई बताउनु पर्छ र केटीले आफ्नो आमालाई बताउनु पर्छ । विवाहिता स्त्रीको संरक्षक उसको पति नै हो । पतिलाई कुनै कुरा लुकाउनु राम्रो होइन ।
युवकहरुमा धेरै गुप्त समस्या हुन्छन् । उनीहरुले आफ्नो समस्यालाई मातापिता या भाई बहिनीलाई बताउनु राम्रो हुन्छ ताकि कुनै पनि खराव खालका डाक्टरको चंगुलमा फस्न नपरोस् । यस्ता डाक्टरहरु आज खुलेआम देशका अधिकांश नवयुवकको स्वास्थ्यलाई गम्भीर पारिदिन्छन् र धन लुट्न सक्छन् । यस्ता उपर समाजको ध्यान जानु आवश्यक छ ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns