यौनका कुरा – प्रस्तुती : नविना राई



यौनका कुरा – प्रस्तुती  : नविना राई

च्यवनप्रास : शारीरिक दुर्बलता हटाउन र जवान रहन

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार लगभग ७५ प्रतिशत बढी नेपालीले प्रत्यक्ष–परोक्ष रुपमा जडीबुटीबाट तयार औषधि उपभोग गर्छन् । त्यसो त परापूर्व कालदेखि नै हामीकहाँ जडिबुटीको पहिचान र प्रयोग हुँदै आएको छ यसमध्ये एक हो, च्यवनप्रास पनि ।

खासगरी यसमा अमला सामेल गरिन्छ, जो भिटामिन सिको सबैभन्दा समृद्ध स्रोत हो । त्यसपछि यसमा मह, घिउ, ल्वाङ, सुकुमेल, दालचिनी लगायतको मिश्रण गरिन्छ । यी सम्पूर्ण जडिबुटीबाट बन्ने च्यवनप्रास एक आयुर्वेदिक स्वस्थ्य पुरक पोषक तत्व हुन् ।

यो गुलियो, टर्रो स्वादको हुन्छ

च्यवनप्रास खासमा च्यावन ऋषिको नामबाट नामकरण गरिएको हो । उनी एक वन ऋषि थिए । महाभारत जस्ता प्राचिन ग्रन्थमा भनिएको छ कि, कसरी जुम्ल्यहा दाजुभाई अश्विनी कुमारले बुढ्यौली उमेरमा पुगिसकेका च्यवन ऋषिलाई  जवान र तागतिलो बनाउन यसको खोज गरेका थिए । भनिन्छ, च्यवन ऋषि एकदमै बृद्ध भएका थिए । उनको जवानी फर्काउनका लागि अश्विनी कुमारको प्रार्थना गरिएको थियो । उनी त्यसबेलाका महान चिकित्सक थिए । अश्विनी कुमारले ऋषि च्यवनका लागि एक दैवी औषधि तयार गरिदिएका थिए, जसबाट च्यवन ऋषि जवान र तन्दुरुस्त भएका थिए । यसै दैविय औषधि च्यवनप्रास हो भनी पौराणिक कथामा उल्लेख गरिएको छ ।

जवान हुन र जीवनशक्ति प्राप्त गर्नका लागि यसको प्रयोग गरिएको थियो ।

च्यवनप्रास एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसमा लगभग ५० जडिबुटी र मसलाको मिश्रणबाट तयार गरिन्छ । च्यवनप्रास प्राचिन आयुर्वेदिक स्वास्थ्य पुरकमा सर्वाधिक रुचाइएको आयुर्वेदिक उत्पादन हुन् । आयुर्वेदका अनुसार कमजोरी, खोकी, फोक्सोको रोग वा क्षय रोग निदानका लागि च्यवनप्रास उपयोगी हुन्छ ।

अहिले डाबर लगायत विभिन्न कम्पनीले च्यवनप्रास उत्पादन गरिरहेका छन् । खासगरी शरीरको प्रतिरक्षा क्षमता बलियो बनाउन च्यनप्रासको खाने गरिएको छ । यद्यपि यसका लागि निश्चित खुराक तय गरिएको छ । चिकित्सकहरुका अनुसार दिनमा दुई चम्चा च्यावनप्रास सेवन गर्नु उपयुक्त हुन्छ ।

–च्यवनप्रास स्वास्थ्यलाई फाइदा गर्ने र औषधीय गुण भएका जडिबुटीहरुबाट बनेको हुन्छ ।

–सामान्यतया च्यवनप्रासमा चिनी हुँदैन र यसलाई मिठो बनाउन सख्खर वा मह प्रयोग गरिन्छ ।

–मधुमेहका बिरामीले पनि आफ्नो प्रतिरोधी क्षमता वृद्धि गर्न च्यवनप्रासको विशेष प्याक पाउन सक्छन्  ।

रुघाखोकी र अन्य समस्याले मनसुनको मौसममा भेट्ने समस्या बढी हुन्छ । मह तथा च्यवनप्रासले मौसमी परिवर्तनको असर न्यूनीकरणको लागिसहयोग पु¥याउँछ ।

बालबालिकाहरु धेरैजसो रोग सार्ने किसिमका जीवाणुको सम्पर्कमा आइरहेका हुन्छन् । बलियो प्रतिरोधी क्षमताको विकासले उनीहरुलाई रोगसँग लड्ने प्राकृतिक क्षमता प्रदान गर्छ । ४० आयुर्वेदिक जडिबुटी भएको डाबर च्यवनप्रास दैनिकरुपमा खुवाउने हो भने यसले बालबालिकाको शरीर तथा मस्तिष्क स्वस्थ राख्न सहयोग पु¥याउँछ ।

डिपे्रसन र सेक्सको केही सम्बन्ध होला ?

डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुका साथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चरमोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिन जरुरी छ ।

डिप्रेस्ड मानिस उदास, थकित र उत्साहहीन हुन्छन् । उनीहरूमा साथीसंगीहरूसँग हाँसखेल गर्ने या कुनै मनोरञ्जनका काम गर्ने रुचि नै हुँदैन । डिप्रेसनबाट पीडित अधिकांश स्त्री(पुरुष दुवैलाई सेक्सप्रति रुचि हुँदैन । अझ डिप्रेस्ड महिला बढी प्रभावित हुन्छन् । उदासी र खिन्नता, नकारात्मक विचारहरूले गर्दा डिप्रेस्ड व्यक्तिको शरीरिक तथा मानसिक उर्जा पनि कम हुन्छ । डिप्रेसनका रोगीले कि त बढी खान्छन्, बढी सुत्छन् र मोटाउँछन् कि त कम खान्छन्, राम्रोसँग निदाउँदैनन् र दुब्लाउँछन् । यसरी डिप्रेस्ड मानिसको शारीरिक स्वास्थ्य पनि बिग्रिन्छ । उत्साहहीनता र ऊर्जाहीनताका कारण शरीरिक क्षमतामा पनि कमी आउँछ ।

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments