– सहन श्रेष्ठ –
२०७७ साउन २० गते
लावण्य/साँखु । वर्तमान विसंगतिका कारण हो अथवा अरु नै केही तर विपरीत धु्रबका राजनैतिक सहयोद्धाहरु यही साउन २० गते राप्रपा प्रवेश गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी समर्थक शंखरापुरका युवाहरु राप्रपा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुको नेतृत्व युवा संघका केन्द्रीय सदस्य विशाल लामा (दोर्जे लामा ) र नेकपा एमाले शंखरापुर नगर कमिटी सदस्य छेवाङ लामाले लिएका छन् । उनीहरु सहित शंखरापुर न.पा.वडा नं १ नाङ्लेभारेबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका २५ जना युवाहरू राप्रपामा प्रबेश गरेको हो ।
उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य मिजेन्द्रकाजी श्रेष्ठ, काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष राजु बिष्ट, शंखरापुर वडा नं ७ र ६ का वडा अध्यक्षहरू बिष्णुप्रसाद श्रेष्ठ र राधाकृष्ण श्रेष्ठले नवप्रवेशीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका थिए ।
0 Comments
Thanks for your concerns