– क्रिस्टिना श्रेष्ठ –
२०७८ साउन ८ गते
लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ४९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ६१ मा सीमित भएकोछ ।
नगरपालिकाले प्रकाशित गरेको साउन ८ गतेको डाटा अनुसार कोभिड १९ का २० जना थपिएका छन् भने ११ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।
दोस्रो लहर सुरु भएयता जम्मा ५ सय ४९ जना संक्रमित भएका छन् । त्यसमा २४१ महिला र ३०८ पुरुष रहेका छन् ।
सक्रिय संक्रमितको संख्या ६१ रहेको छ जसमा महिला २७ र पुरुष ३४ रहेको छ ।
त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या ४६९ पुगेको छ । जसमा २०७ जना महिला र २६२ जना पुरुष रहेका छन् ।
त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा ४ मात्रै रहेको छ जसमा २ जना महिला र २ जना पुरुष रहेको छ ।
अहिले होम आईसोलेसनमा रहेकाहरु ५७ जना छन् जसमा महिला २५ र पुरुष ३२ रहेका छन् ।
नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।
वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ८६ प्रतिशत
– वडा नंं. १ मा ३१ जना संक्रमित मध्ये निको भएका २७ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना
– वडा नंं. २ मा २४ जना संक्रमित मध्ये निको भएका २४ जना, सक्रिय संक्रमित ० जना, मृत्यु ० जना
– वडा नंं. ३ मा ५० जना संक्रमित मध्ये निको भएका ४८ जना, सक्रिय संक्रमित १ जना, मृत्यु १ जना
– वडा नंं. ४ मा ४५ जना संक्रमित मध्ये निको भएका ४३ जना, सक्रिय संक्रमित ० जना, मृत्यु २ जना
– वडा नंं. ५ मा ५० जना संक्रमित मध्ये निको भएका ३८ जना, सक्रिय संक्रमित ७ जना, मृत्यु ५ जना
– वडा नंं. ६ मा ११५ जना संक्रमित मध्ये निको भएका ९१ जना, सक्रिय संक्रमित १९ जना, मृत्यु ५ जना
– वडा नंं. ७ मा ७० जना संक्रमित मध्ये निको भएका ६४ जना, सक्रिय संक्रमित ४ जना, मृत्यु २ जना
– वडा नंं. ८ मा ४० जना संक्रमित मध्ये निको भएका ३७ जना, सक्रिय संक्रमित १ जना, मृत्यु २ जना
– वडा नंं. ९ मा ८० निको भएका ६४ जना, सक्रिय संक्रमित १६ जना, मृत्यु ० जना
– वडा नखुलेका ४४ निको भएका ३३ जना, सक्रिय संक्रमित ११ जना, मृत्यु ० जना्
सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ र ६ मा देखिन्छ । यी वडाहरुमा कोभिड–१९ बाट ५ जना व्यक्तिको निधन भईसकेको छ । त्यसपछि वडा नं. ८, ७, ४ र १ मा २÷२ जनाको मृत्यु भईसकेको देखिन्छ भने वडा नं. ३ मा १ जना को मृत्यु भएको देखिन्छ ।
मुलुकभरको निको भएकाहरुको संख्या ९४.४८ प्रतिशत माथि र उपत्यकामा ९६.१९ प्रतिशत माथि हुँदा शंखरापुरमा ८६ प्रतिशतको हाराहारीमा निको भएको देखिन्छ । यो सुखद संकेत हो ।
0 Comments
Thanks for your concerns